रवि लामिछानेलाई काठमाडौं ल्याइयो, विमानस्थलमा कडा सुरक्षा

रवि लामिछानेलाई काठमाडौं ल्याइयो, विमानस्थलमा कडा सुरक्षा : Icon Khabar

काठमाडौं, मंसिर १३ । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (बिहीबार) साँझ काठमाडौँ ल्याइएको छ । रविलाई ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका उनलाई साँझ साढे ५ बजेको जहाजबाट काठमाडौँ ल्याइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि यहाँ ल्याइएको हो । सोही विषयमा परेको जाहेरीका आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियाे।

उनीमाथि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा सो प्रकरणबारे भोलिदेखि बयान लिइने जनाइएको छ । उनीमाथि पोखरामा सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । यसअघि लामिछानेसँग रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत बयान लिइसकिएको छ । उता चितवनको साहारा सहकारीको रकम अपचलनमा पनि  अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भइसकेको छ । काठमाडौँपछि उनलाई चितवनमा लगेर बयान लिइने छ ।

Published Date: 28 November 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा