रवि लामिछानेलाई काठमाडौं ल्याइयो, विमानस्थलमा कडा सुरक्षा

रवि लामिछानेलाई काठमाडौं ल्याइयो, विमानस्थलमा कडा सुरक्षा : Icon Khabar

काठमाडौं, मंसिर १३ । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (बिहीबार) साँझ काठमाडौँ ल्याइएको छ । रविलाई ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका उनलाई साँझ साढे ५ बजेको जहाजबाट काठमाडौँ ल्याइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि यहाँ ल्याइएको हो । सोही विषयमा परेको जाहेरीका आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियाे।

उनीमाथि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा सो प्रकरणबारे भोलिदेखि बयान लिइने जनाइएको छ । उनीमाथि पोखरामा सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । यसअघि लामिछानेसँग रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत बयान लिइसकिएको छ । उता चितवनको साहारा सहकारीको रकम अपचलनमा पनि  अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भइसकेको छ । काठमाडौँपछि उनलाई चितवनमा लगेर बयान लिइने छ ।

Published Date: 28 November 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने