आयोडिनयुक्त नुन नै किन ?

आयोडिनयुक्त नुन नै किन ? : Icon Khabar

काठमाडौँ, मंसिर ३ । हामी सबैले नुन आवश्यकता अनुसार खाऔं तर सही मात्रामा आयोडिन भएको दुई बालबालिकाको चिह्न भएको प्याकेटको नुन मात्र खाऔं।

मानसिक फुर्ती शारीरिक शक्ति आयोडिन युक्त नुनबाट मात्र पुर्ति भन्ने मुल नारालाई समेत आत्म साथ गरौं। र आयोडिनको महिना फेब्रुअरीलाई सफल बनाऔं। दुई बालबालीकाको चिनह्न भएको आयोडिनयुक्त नुन दैनिक सेवन गरौं बालबालिकाको आई क्यु लेबल बढाऔं।

मानव जातिको जीवनलाई गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पुर्ण रुपमा मानसिक तथा शारीरीक विकासका लागि मानिसलाई विभिन्न किसिमका पोषणयुक्त तत्वहरुको अति आवश्यक पर्दछ। यी आवश्यक तत्वहरुमध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो। जुन सबै उमेरका मानिस तथा जीवजन्तुहरुलाई दैनिक रुपमा आवश्यक पर्दछ।

गर्भावस्थादेखि दुई वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिसत विकास भैसकेको हुन्छ। त्यासैले यस समयमा शरीरमा आयोडिनको कमि भएमा मानसिक तथा शारीरिक विकासमा समेतमा अवरोध आउँछ।

नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ। त्यसैले हामी नेपालीहरुले हाम्रो दैनिक खानामा आयोडिन मिसाएको नुन खानामा खानु नै एक मात्रा सरल उपाय हो। ढिके तथा खुल्ला नुनमा आयोडिन मिसाएको भएता पनि यसलाई भन्डारण गर्दा र बजारमा खुल्ला रुपमा राख्दा यसमा भएको आयोडिन उडेर नास भएको हुन्छ।

प्रायजसो ढिके नुन फोहोर देखिने र धोएर खानामा राख्ने चलन भएकाले पनि यसमा भएको आयोडिन पखालिएर आफैं नास हुन्छ। त्यसैले पनि दुई बालबालिकाको चिह्न भएको प्याकेटको नुनमा सही मात्रामा आयोडिन मिसाएको हुन्छ। यसलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खाद्य गुणस्तर निर्धारण विभागले सही मात्रामा आयोडिन भएको नुन भनि प्रमाणित गरेको छ।

साथै आयोडिन भएको नुन खाने गरेमा सम्पूर्ण ब्यक्तिको दिमागको विकास तीव्र गतिमा हुने र शरीरलाई आवश्यक पर्ने आयोडिन तत्वको समेत पुर्ती हुने भएकाले हरेक बारको खानामा आयोडिनयुक्त नुनको प्रयोगलाई अनिवार्य मानिन्छ।

दैनिक खानामा साधारण स्वस्थ ब्यक्तिको लागि १५० माईक्रो ग्राम र गर्भवती महीलाको लागि दैनिक खानामा २५० माइक्रो ग्राम आयोडिन तत्वको मात्राको आवश्यकता पर्दछ। सही मात्रामा आयोडिन पाउन दुई बालबालिकाको चिह्न भएको पाकेटको धुलो नुन प्रयोग गर्ने बानी बसालौं। ढिके तथा खुला बेचिने नुनबाट प्रयाप्त मात्रमा आयोडिन पाउन नसकिने भएकाले त्यास्ता नुन प्रयोग नगरौं।

आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाब नपर्ने गरी सुरक्षित तरीकाले राख्ने गरौं। आयोडिन नुन लाई नपखाली खाऔं। आयोडिन युक्त नुनलाई दाल तरकारी पाकेपछि मात्र राख्ने गरौं।

आयोडिनका फाइदाहरु
गर्भावस्थामाः गर्भवती महिलाले दैनिक रुपमा आयोडिन तत्वको सही मात्रामा प्रयोग गर्ने हो भने गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा महत्वपूर्ण फाइदा गर्दछ। साथै आयोडिनको कमीबाट हुनसक्ने असर जस्तै गर्भको बच्चा तुहिने मरेको बच्चा जन्मने जस्ता समस्या हरु बाट सजिलै बच्न सकिन्छ।

बाल्यवस्थामा: बाल्यवस्थामा पनि आयोडिन तत्वको सही मात्राको प्रयोगले बालबालीकाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भुमिका खेल्दछ। बालबालीकाहरु फुर्तीला र तन्दुरुस्त हुनुको साथै दिमागीय रुपमा अब्बल देखिन्छन्।

किशोरावस्थामाः किशोरावस्थामा पनि आयोडिन तत्वको सही र आवश्यक मात्राको प्रयोगले किशोर-किशोरीहरुको मानसिक तथा शारीरिक क्षमतामा बृद्धि हुन्छ। जसले गर्दा पढाइ-लेखाइका साथ साथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव प्रदछ। किशोर किशोरीहरुको आइक्यु लेबल बढाउनको लागि दैनिक खानामा आयोडिन तत्वको मात्राको आवश्यकता देखिन्छ।

सबै उमेरमाः आयोडिन तत्वको सही मात्राको प्रयोगले सबै उमेर समूहका मानिसहरुको मानसिक तथा शारीरिक विकासमा आवश्यकिय विकास हुन्छ। जसले गर्दा गलगाँड र हाइपोथाइरोडिजम जस्ता घातक रोगहरु हुनबाट बच्न सकिन्छ। त्यासै कारणले पनि आयोडिन तत्वको आवश्यकिय र सही मात्रामा प्रयोग गर्नु आवश्यक छ।

आयोडिनले के के गर्दछ?
१. आयोडिनले गलगाँड (कण्ठरोग ) नियन्त्रण गर्दछ।
२. आयोडिनले मानसिक र बौद्विक क्षमताको विकास गर्दछ।
३. आयोडिनले लाटो लठेब्रोपनको नियन्त्रण गर्दछ।
४. आयोडिनले बालमृत्युदर घटाउन मद्दत गर्दछ।

जान्नैपर्ने केही महत्वपुर्ण कुरा

१. ढिके तथा खुल्ला नुनमा मानिसहरुको शरीरलाई दैनिक रुपमा आवश्यक पर्ने आयोडिनको मात्रा पूर्ण रुपमा नहुन सक्दछ। यस्तो ढिके तथा खुल्ला नुन सफा पनि नहुने हुनाले हामीहरुले खानको लागी उपयुक्त हुदैन। त्यासैले यो कुरा जान्न आवश्यक छ।

२. ‘दुई बालबालीकाको चिह्न’ भएको प्याकेटको नुन शुद्व र सफा हुनुको साथै यसमा सहिमात्रामा आयोडिन तत्व मिसाइएको हुन्छ। त्यसैले दैनिक प्रयोगमा ‘दुई बालबालीकाको चिह्न’ नै भएको आयोडिन युक्त प्याकेटको नुन प्रयोग गर्नु बुद्धिमानी मानिन्छ।

३. ‘दुई बालबालीकाको चिह्न’ नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सही मात्रामा आयोडिनको तत्व भएको नुनलाई दिने प्रमाणित चिह्न हो। त्यास कारणले गर्दा पनि ‘दुई बालबालीकाको चिह्न’ भएको नुन दैनिक प्रयोगमा कुनै संकोच लिनु पर्दैन।

४. प्याकेटको आयो नुन खोलेर बिर्को भएको सफा डिब्बामा राखौं।

५. तरकारी पाकिसकेपछि मात्र नुन राख्ने बानी बसालौं।

६. नुन राखि सकेपछि तरकारी छोपेर मात्र राख्ने गरौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 November 2024
Website | + posts
ताजा
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने
नाइजेरियाको एक मस्जिदमा आक्रमण हुँदा २७ जनाको मृत्यु
बुधबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू