हङकङ सिक्सेस – नेपालसँग अस्ट्रेलिया पनि पराजित

हङकङ सिक्सेस – नेपालसँग अस्ट्रेलिया पनि पराजित : Icon Khabar

काठमाडौं, कार्तिक १७ ।  द हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ । पहिलो जितबाट क्वाटरफाइनल पुगिसकेको नेपाल अस्ट्रेलियालाई शनिवार ११ रनले पराजित गर्दै समूह विजेता बनेको छ।

१ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १ सय रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा नट आउट ५५ रन बनाए । एलेक्स रोसले १४ रन बनाए ।

चौथो ओभरको पहिलो बलमा प्रतिश जिसीले अस्ट्रेलियाका कप्तान ड्यान क्रिस्टियनलाई आउट गराए । चौथो ओभरको अन्तिम बलमा प्रतिशले रोसलाई आउट गराए ।

पाँचौ ओभरको अन्तिम बलमा लोकेश बमले फावेद अहमदलाई ८ रनमा आउट गराए । अस्ट्रेलियाका साम हेजलिटलाई नेपालका प्रतिसले पहिलो ओभरमा नै आउट गराएका थिए ।

प्रतिशले २ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिए । लोकेश बम र विवेक यादवले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।

कप्तान सन्दीप जोराले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा नट आउट ५१ रन बनाए । सन्दीप ५१ रन बनाउँदै रिटार्यट भएपछि क्रिजमा आएका विवेकले ४ बलमा २ छक्काको सहयोगमा १२ रन बनाए । लोकेशले १३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३३ रन जोडे ।

राशिद खानले २ बलमा २ छक्काको सहयोगमा नट आउट १२ रन जोडे । अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए । दुवै टोलीले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेका थिए । नेपालले आजै दिउँसो १ः३५ बजे क्वाटरफाइनल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 November 2024
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू