शिशुलाई किन स्तनपान गराउनुपर्छ ?

शिशुलाई किन स्तनपान गराउनुपर्छ ? : Icon Khabar

काठमाडौं, साउन २२ । विश्व स्तनपान सप्ताह चलिरहेको छ। अगस्ट १ देखि अगस्ट ७ सम्म मनाइने यस वर्षको स्तनपान सप्ताहको नारा, ‘स्तनपानमा समानता: सबैको सहयोग र सहभागिता’ रहेको छ।

स्तनपानका महत्त्वपूर्ण जानकारी:
पहिलो ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउनु पर्छ।

आमाको दूधमा रहेको पोषणले बच्चाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ, कुपोषणबाट बचाउँछ र बच्चाको तौलमा सन्तुलन ल्याउँछ।

नवजात शिशुका लागि:

– ६ महिनासम्म मात्र आमाको दूध खुवाउनु पर्छ।
– ६ महिनापछि बच्चालाई आमाको दूधसँगै अन्य पौष्टिक खानेकुरा खुवाउन सकिन्छ।

आमाको दूधका फाइदा:

– बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने उत्तम आहार।
– जीवनको धारा मात्र नभएर पोषणको स्रोत।
– शिशुको शारीरिक र मानसिक वृद्धि र विकासमा सहायक।
– आमाले बच्चालाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुख, गौरव, मानसिक सन्तुष्टि प्राप्त।
– शिशुको बौद्धिक क्षमता वृद्धि।
– स्तनपानले महिलालाई चाँडै गर्भवती हुनबाट बचाउँछ।
– खर्च लाग्दैन।
– शिशुको लागि सुपाच्य र पेटको गडबडीको डर हुँदैन।
– शिशुको प्रतिरोधक क्षमता बढाउँछ।
– दम र कानको रोग नियन्त्रणमा।
– शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ।
– आमा र शिशुको बीच भावनात्मक सम्बन्ध मजबुत।
– सुत्केरी भएपछि रगत जाने प्रक्रियालाई रोक्छ।
– बच्चालाई मधुमेह, क्यान्सर, पखाला, निमोनियाबाट बचाउँछ।
– आमा र बच्चालाई आत्मीय र सुरक्षित अनुभूति।
– गाईको दूधले एलर्जी हुन सक्छ तर आमाको दूध शत-प्रतिशत सुरक्षित।

स्तनपान हरेक आमाका लागि सहज, सुरक्षित र स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण अभ्यास हो। सबै आमाहरूलाई यो सप्ताहका अवसरमा स्तनपानको महत्त्व बुझ्न र यसको लाभ लिन प्रोत्साहित गरिन्छ।

Published Date: 06 August 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग