शिशुलाई किन स्तनपान गराउनुपर्छ ?

शिशुलाई किन स्तनपान गराउनुपर्छ ? : Icon Khabar

काठमाडौं, साउन २२ । विश्व स्तनपान सप्ताह चलिरहेको छ। अगस्ट १ देखि अगस्ट ७ सम्म मनाइने यस वर्षको स्तनपान सप्ताहको नारा, ‘स्तनपानमा समानता: सबैको सहयोग र सहभागिता’ रहेको छ।

स्तनपानका महत्त्वपूर्ण जानकारी:
पहिलो ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउनु पर्छ।

आमाको दूधमा रहेको पोषणले बच्चाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ, कुपोषणबाट बचाउँछ र बच्चाको तौलमा सन्तुलन ल्याउँछ।

नवजात शिशुका लागि:

– ६ महिनासम्म मात्र आमाको दूध खुवाउनु पर्छ।
– ६ महिनापछि बच्चालाई आमाको दूधसँगै अन्य पौष्टिक खानेकुरा खुवाउन सकिन्छ।

आमाको दूधका फाइदा:

– बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने उत्तम आहार।
– जीवनको धारा मात्र नभएर पोषणको स्रोत।
– शिशुको शारीरिक र मानसिक वृद्धि र विकासमा सहायक।
– आमाले बच्चालाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुख, गौरव, मानसिक सन्तुष्टि प्राप्त।
– शिशुको बौद्धिक क्षमता वृद्धि।
– स्तनपानले महिलालाई चाँडै गर्भवती हुनबाट बचाउँछ।
– खर्च लाग्दैन।
– शिशुको लागि सुपाच्य र पेटको गडबडीको डर हुँदैन।
– शिशुको प्रतिरोधक क्षमता बढाउँछ।
– दम र कानको रोग नियन्त्रणमा।
– शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ।
– आमा र शिशुको बीच भावनात्मक सम्बन्ध मजबुत।
– सुत्केरी भएपछि रगत जाने प्रक्रियालाई रोक्छ।
– बच्चालाई मधुमेह, क्यान्सर, पखाला, निमोनियाबाट बचाउँछ।
– आमा र बच्चालाई आत्मीय र सुरक्षित अनुभूति।
– गाईको दूधले एलर्जी हुन सक्छ तर आमाको दूध शत-प्रतिशत सुरक्षित।

स्तनपान हरेक आमाका लागि सहज, सुरक्षित र स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण अभ्यास हो। सबै आमाहरूलाई यो सप्ताहका अवसरमा स्तनपानको महत्त्व बुझ्न र यसको लाभ लिन प्रोत्साहित गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 August 2024
Website | + posts