पेरिस ओलम्पिक : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल दोस्रो खेलमा पनि पराजित

पेरिस ओलम्पिक : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल दोस्रो खेलमा पनि पराजित : Icon Khabar

काठमाडौं, साउन १५ । पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गरिरहेका नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल लगातार दोस्रो खेलमा पनि पराजित भएका छन् । प्रिन्स आयरल्याण्डका न्यात एन्ग्वेन विरुद्ध सोझो सेटमा पराजित गरेका हुन् ।

लगातारको दोस्रो हारसँगै उनी एक खेल अगाडि नै समुह चरणबाट बाहिरिए । जुनियर विश्व नम्बर एक खेलाडी रहिसकेका प्रिन्सले कुनै पनि समय चुनौती समेत पेश गर्न सकेनन् । २१-७ र २१-५ को सहज नतिजामा उनी पराजित भएका भए ।

दोस्रो पटक ओलम्पिक्स खेलिरहेका न्यात ३५ मिनेटमा नै खेल आफ्नो पक्षमा पारे । उनको यो लगातार दोस्रो जित हो। २४ वर्षीय न्यातले टोकियो ओलम्पिक्समा पनि प्रतिस्पर्धा गरेका थिए । उनीसँग जुनियर ओलम्पिक्स खेलेको अनुभव पनि छ ।

युवा खेलाडी प्रिन्स नेपालबाट ओलम्पिक्समा सहभागी हुने पहिलो ब्याडमिन्टन खेलाडी हुन् । पहिलो खेलमा डेनमार्कका विश्व नम्बर दुई खेलाडी भिक्टर एक्सेल्सनसँग २-० को सेटमा पराजित भएका थिए ।

उनले अब समुहको अन्तिम तथा तेस्रो खेलमा मिसा जिल्बरम्यानको सामना गर्नेछन् । समुह पीमा डेनमार्कका भिक्टर एक्सेल्सन र आयरल्यान्डका न्यात नुयानले दुई खेल खेल्दै दुवै खेल जितिसकेका छन् । प्रत्येक समुहको समुह विजेता मात्र राउन्ड अफ सिक्स्टिनमा पुग्ने नियम रहेको छ ।

यसअघि नेपाललाई प्रतिनिधित्व गर्दै पेरिस पुगेका ६ खेलमा ७ खेलाडी मध्य ४ खेलाडी बाहिरिसकेका छन् । टेबल टेनिसका स्यान्टू श्रेष्ठ, पौडीकी डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ प्रधान र शूटिंगकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका हुन् ।

पौडीका एलेक्स शाह र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्ने भने बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 July 2024
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध