आजकाे मौसम पूर्वानुमान: देशभर भारी वर्षाको सम्भावना

आजकाे मौसम पूर्वानुमान: देशभर भारी वर्षाको सम्भावना : Icon Khabar

काठमाडौँ, साउन १५ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज (मंगलबार) दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

पछिल्लो २४ घन्टामा सुनसरीको धरानमा भारी वर्षा भएको छ । त्यहाँ ८२ मिलिमिटर वर्षा भएको छ । इलामको सोक्तिम चिया बगान क्षेत्रमा पनि भारी वर्षा भएको छ । त्यहाँ ७३.६ मिलिमिटर पानी परेको छ । दैलेखको कट्टी केन्द्रमा ५३ मिलिमिटर वर्षा भएको छ । खोटाङको ऐँसेलुखर्कमा ४७.४ मिलिमिटर वर्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 July 2024
Website | + posts


ताजा
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर
भक्तपुर नपा र चाँगुनारायण नपाको संयुक्त आयोजनामा खानेपानी मुहान पोखरीमा सरसफाइ
आँपको सिजन सुरु नहुँदै नै बजारमा केमिकल प्रयोग गरेर पकाइएका आँप बिक्रीमा
बिहिबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्यो
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग