उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा : Icon Khabar

काठमाडौं, असार २७ । १५ पटकको च्याम्पियन उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा कोलम्बियाले उरुग्वेलाई १–० गोलले पराजित गरेको हो । पहिलो हाफको ३९ औं मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई उपाधि नजिक पुर्‍याउन पर्याप्त बन्यो ।

पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि निकै आक्रामक खेल खेलेको उरुग्वेले गोल गर्न सकेन । कोलम्बियाले पानामालाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ । कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको थियो । कोलम्बियाले उपाधिका लागि १५ पटकको विजेता अर्जेन्टिनाको सामना गर्नेछ । साविक विजेता अर्जेन्टिना क्यानाडालाई २–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

Published Date: 11 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास