मुम्बईमा भीषण आँधी, होर्डिङ खसेर चारको मृत्यु, ५४ व्यक्ति घाइते

मुम्बईमा भीषण आँधी, होर्डिङ खसेर चारको मृत्यु, ५४ व्यक्ति घाइते : Icon Khabar

नयाँदिल्ली, जेठ १ । भारतको मुम्बईमा भीषण आँधी र बेमौसमी वर्षाले सोमबार राति होर्डिङ खसेर लाग्दा कम्तीमा चार जनाको ज्यान गएको छ भने ५४ जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पानी र हावाहुरीका कारण ठूलो संख्यामा मानिसले आश्रय लिएको पेट्रोल पम्पमा होर्डिङ खसेको थियो । भाजपाका पूर्वसांसद किरिट सोमैयाले खसेको उक्त होर्डिङ हटाउन आफूले हिजो (आइतबार) मात्रै आदेश दिएको दाबी गरेका छन् ।

किरिट सोमैयाका अनुसार यहाँ अवैध रुपमा होर्डिङ राखिएको हो । दुर्घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घटनास्थल अवलोकन र अस्पताल पुगेर घाइतेहरूलाई भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 14 May 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने