आजदेखि ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा सुरु

आजदेखि ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा सुरु : Icon Khabar

ललितपुर, वैशाख २९ । शनिबारदेखि रातो मच्छिन्द्रनाथ यात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई गत बिहीबार रथारोहण गरिएको हो।

मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ।

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा बुधबार सुरु भएको हो। पद्मपाणी लोकेश्वर र बुगं द्यःको नामले पनि पुकारिने मच्छिन्द्रनाथको आगमन नेपालमा भएको र विनाशकारी खडेरीको अन्त्यको उपलक्ष्यमा रथयात्रा निकालिएको मानिन्छ।

ललितपुरको पश्चिम छेउमा रहेको पुल्चोकमा ६० फिट अग्लो रथ निर्माण गरेर मच्छिन्द्रनाथलाई त्यस रथमा विराजमान गराइ ललितपुरको नगर परिक्रमा गराइन्छ। रथयात्रा पुल्चोकबाट सुरु भएरु गाःबहाल, मंगल बजार, हखा, सुन्धारा, चक्रबहिल, लगनखेल हुँदै जावलाखेलमा समापन हुन्छ। समयसापेक्ष परम्परा अनुसार इति र थाती क्षेत्रको बिचमा महिलाले मात्रै रथ तान्ने गरिन्छ जसलाइ याकः मिसाया भुज्या भनिन्छ।

१२ वर्षमा एक पटक हुने ‘बार्‍ह वर्ष जात्रा’ को समय भने बुङ्गमतीमानै मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ। उक्त समयमा बुङ्गमतीदेखि च्यासीखेल, भैसेपाटी, नख्खु, भानीमण्डल, झम्सीखेल हुँदै पुल्चोकसम्म रथ जात्रा ल्याइपुर्‍याइन्छ।

वर्षैनी जस्तै नगर परिक्रमा गरेर जावलाखेल पुर्‍याइ भोटो जात्रा गरिन्छ, अरु बेला बुगंलाई रथबाट निकाली खटमा विराज गराइ बुगंमती लगिन्छ भने, बार्‍ह वर्ष जात्राको बेला भने रथलाइ नै फेरि बुगंमती सम्म तानेर लगिन्छ। बुगंमती पुगेपछि पुनः भोटो जात्रा देखाइन्छ। यो विशेष वर्ष दुई पटक भोटो देखाइने प्रचलन रहि आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2024
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने