आजदेखि ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा सुरु

आजदेखि ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा सुरु : Icon Khabar

ललितपुर, वैशाख २९ । शनिबारदेखि रातो मच्छिन्द्रनाथ यात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई गत बिहीबार रथारोहण गरिएको हो।

मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ।

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा बुधबार सुरु भएको हो। पद्मपाणी लोकेश्वर र बुगं द्यःको नामले पनि पुकारिने मच्छिन्द्रनाथको आगमन नेपालमा भएको र विनाशकारी खडेरीको अन्त्यको उपलक्ष्यमा रथयात्रा निकालिएको मानिन्छ।

ललितपुरको पश्चिम छेउमा रहेको पुल्चोकमा ६० फिट अग्लो रथ निर्माण गरेर मच्छिन्द्रनाथलाई त्यस रथमा विराजमान गराइ ललितपुरको नगर परिक्रमा गराइन्छ। रथयात्रा पुल्चोकबाट सुरु भएरु गाःबहाल, मंगल बजार, हखा, सुन्धारा, चक्रबहिल, लगनखेल हुँदै जावलाखेलमा समापन हुन्छ। समयसापेक्ष परम्परा अनुसार इति र थाती क्षेत्रको बिचमा महिलाले मात्रै रथ तान्ने गरिन्छ जसलाइ याकः मिसाया भुज्या भनिन्छ।

१२ वर्षमा एक पटक हुने ‘बार्‍ह वर्ष जात्रा’ को समय भने बुङ्गमतीमानै मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ। उक्त समयमा बुङ्गमतीदेखि च्यासीखेल, भैसेपाटी, नख्खु, भानीमण्डल, झम्सीखेल हुँदै पुल्चोकसम्म रथ जात्रा ल्याइपुर्‍याइन्छ।

वर्षैनी जस्तै नगर परिक्रमा गरेर जावलाखेल पुर्‍याइ भोटो जात्रा गरिन्छ, अरु बेला बुगंलाई रथबाट निकाली खटमा विराज गराइ बुगंमती लगिन्छ भने, बार्‍ह वर्ष जात्राको बेला भने रथलाइ नै फेरि बुगंमती सम्म तानेर लगिन्छ। बुगंमती पुगेपछि पुनः भोटो जात्रा देखाइन्छ। यो विशेष वर्ष दुई पटक भोटो देखाइने प्रचलन रहि आएको छ।

Published Date: 11 May 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड