डढेलो लगाउनेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

डढेलो लगाउनेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौँ, वैशाख २४ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी उनीहरुलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा आइतबार भएको ‘डढेलो र आगोलागी सम्बन्धी आपत्कालिन छलफल’मा आगोलागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने भएकाले आगो लगाउनेलाई कानून अनुसार कारबाही गर्न निर्देशन दिएका हुन्।

आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने मन्त्री लामिछानेको भनाइ थियो। उनले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार,जनप्रतिनिधि,स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालय लगायतलाई सूचना दिन अनुरोध पनि गरे।

 

Published Date: 06 May 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक