डढेलो लगाउनेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

डढेलो लगाउनेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौँ, वैशाख २४ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी उनीहरुलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा आइतबार भएको ‘डढेलो र आगोलागी सम्बन्धी आपत्कालिन छलफल’मा आगोलागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने भएकाले आगो लगाउनेलाई कानून अनुसार कारबाही गर्न निर्देशन दिएका हुन्।

आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने मन्त्री लामिछानेको भनाइ थियो। उनले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार,जनप्रतिनिधि,स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालय लगायतलाई सूचना दिन अनुरोध पनि गरे।

 

Published Date: 06 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास