सन्दिप लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा

सन्दिप लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा : Icon Khabar

काठमाडौं, वैशाख २३ । क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने भएको छ ।

मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो ।

यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो ।

क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन् ।

क्रिकेटर लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन् भने पीडित गौशाला २६ ले आफूलाई बालिग ठहर गरी लामिछानेलाई कम सजाय गरिएको भन्दै थप सजायको माग गरेकी छन् ।

जिल्ला अदालतले सम्बन्धित स्थानीय तहबाट जन्मदर्ता सम्बन्धी कागजात फेरि झिकाउने भनी आदेश
दिइसकेको थियो ।

Published Date: 05 May 2024












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड