भक्तपुर सहरबाट दक्षिण-पूर्वमा अवस्थित सिपारे महाद्योः अर्थात डोलेश्वर महादेव (फोटो फिचर)

भक्तपुर सहरबाट दक्षिण-पूर्वमा अवस्थित सिपारे महाद्योः अर्थात डोलेश्वर महादेव (फोटो फिचर) : Icon Khabar

भक्तपुर, वैशाख १५ । डोलेश्वर महादेव भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको महादेव मन्दिर हो । यसलाई स्थानिय भाषामा ‘सिपारे महाद्योः भनिन्छ भने यो मन्दिर केदारनाथको शिर हानेर पनि प्रख्यात रहेको छ।

कालान्तरमा यहीं शिवालयको नाउँ “डोलेश्वर रहेको कुराको प्रमाण छ यसै मन्दिर परिसरमा रहेको विकम सम्वत १६२९ को राजा भूपतीन्द्र मल्लले स्थापित गरेको शिलालेखमा उल्लेख छ । त्यस समयभन्दा पहिले देखिन “डोलेश्वर” को नाउँले चिनिने रहेछ भन्ने कुरा यसले प्रमाणित गर्दछ ।

बाह्र ज्योतिर्लिङ्गमध्ये भारत उत्तराखण्डमा अवस्थित चारधाम, गंगोत्री, यमुनोत्री, बद्रीनाथसहित केदारनाथको महत्व परापूर्वकालदेखि नै विशिष्ट रहेका र उनै केदारनाथ महादेवको शिरोभाग पाशुपत क्षेत्र काठमाडौं उपत्यकाअन्तर्गत भक्तपुर जिल्लाको सिपाडोलमा डोलेश्वर महादेवको रूपमा रहेका छन् ।

यहाँ महाभारतसंग जोडिएको कथन पनि सुन्न पाइन्छ । यात्राकै क्रममा पाण्डवहरूले आशुतोष भगवान् केदारनाथको दर्शन गर्ने इच्छा गर्दा ती स्वजन हत्या गरी आएका पापी पाण्डवहरूलाई दर्शन नदिने निर्णय गरी केदारनाथले राँगोको रूप धारण गरी जङ्गल विहारमा रहनुभएको थियो । पाण्डवहरूले ध्यान दृष्टिले विचार गर्दा केदारनाथले राँगोको रूप धारण गरी जङ्गल विचरण गरेको थाहा पाएपछि सोही रूपको पनि दर्शन गर्छौं भनी पाण्डवहरू पछि लागेर पुच्छर समाएर तान्न खोज्दा भगवानले आफ्नो शिर भाग लुकाई पृथ्वीतर्फ धसिँदै आफ्नो शरीरलाई तीन टुक्रा बनाई अलप भए ।

शिर, ढाड र पुच्छर तीन टुक्रामध्ये ढाड सोही ठाउँमा रहेको र भीमसेनको हातमा रहेको पुच्छरसमेत अन्य स्थानमा पछारिन पुगेको थियो ।यस्तो अनर्थपछि पाण्डवहरू भयभीत भएर भगवानको आराधना गर्न थालेका थिए ।

यसै बीच एउटा आकाशवाणी हुन्छ । साँच्चै तिमीहरूले मेरो दर्शन गर्न आएका हौ भने नेपालमा दर्शन गर्न जाऊ भनि भनिन्छ । त्यस पछि पाण्डवहरू पूर्व तर्फको यात्रा गर्ने निश्चय गर्दछन् । उक्त कुरा शिवपुराण र महाभारतको स्वर्गारोहण पर्वमा स्पष्ट रूपले उल्लेख गरेको पाइन्छ।

यहाँ वर्षको ३ पटक वैशाख, जेठमा पर्ने अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वाषिर्कोत्सव भदौ ६ गते र शिवरात्रीको दिनमा सर्वसाधारण भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

यहाँ अन्तरिक तथा बाह्य पर्यटकहरु पनि दर्शन गर्न आउने गर्दछन् । मन्दिरमा भजन कृतन गर्नुका साथै स्थानीय समुदायको बाजागाजाका सहितका झाँकीसहित महादेवको दर्शका निम्ती पुग्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने