इंग्लिस प्रिमियर लिगमा लिभरपुल एभरटनसँग पराजित

इंग्लिस प्रिमियर लिगमा लिभरपुल एभरटनसँग पराजित : Icon Khabar

काठमाडौँ, वैशाख १३ । एभरटनसँग पराजित हुँदा लिभरपुललाई उपाधि होडमा धक्का पुगेको छ। इंग्लिस प्रिमियर लिगमा गएराति महत्त्वपूर्ण खेलमा पराजित हुँदा उपाधि होडमा लिभरपुललाई धक्का पुगेको हो।

एभरटनलाई हराएर शीर्षस्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका लिभरपुलले गुमाएको छ। २७ औं मिनेटमा लिभरपुलले पहिलो गोल खाएको थियो। एभरटनका जर्राड ब्रान्थवेटले लिभरपुरलविरूद्ध अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५८ मिनेटमा डोमिनिक कालभर्ट लेविनले अग्रता दोब्बर पारेका थिए। त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा लिभरपुरल स्तब्ध बनेको थियो।

लिभरपुल अंक तालिकाको दोस्रो नम्बरमा छ। उसको ३४ खेलबाट ७४ अंक छ। शीर्षस्थानको आर्सनलले ३४ खेलबाट ७७ अंक जोडेको छ।
दुई खेल कम खेलेको म्यानचेष्टर सिटीको ७३ अंक छ।

Published Date: 25 April 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक