इंग्लिस प्रिमियर लिगमा लिभरपुल एभरटनसँग पराजित

इंग्लिस प्रिमियर लिगमा लिभरपुल एभरटनसँग पराजित : Icon Khabar

काठमाडौँ, वैशाख १३ । एभरटनसँग पराजित हुँदा लिभरपुललाई उपाधि होडमा धक्का पुगेको छ। इंग्लिस प्रिमियर लिगमा गएराति महत्त्वपूर्ण खेलमा पराजित हुँदा उपाधि होडमा लिभरपुललाई धक्का पुगेको हो।

एभरटनलाई हराएर शीर्षस्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका लिभरपुलले गुमाएको छ। २७ औं मिनेटमा लिभरपुलले पहिलो गोल खाएको थियो। एभरटनका जर्राड ब्रान्थवेटले लिभरपुरलविरूद्ध अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५८ मिनेटमा डोमिनिक कालभर्ट लेविनले अग्रता दोब्बर पारेका थिए। त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा लिभरपुरल स्तब्ध बनेको थियो।

लिभरपुल अंक तालिकाको दोस्रो नम्बरमा छ। उसको ३४ खेलबाट ७४ अंक छ। शीर्षस्थानको आर्सनलले ३४ खेलबाट ७७ अंक जोडेको छ।
दुई खेल कम खेलेको म्यानचेष्टर सिटीको ७३ अंक छ।

Published Date: 25 April 2024


ताजा
भक्तपुरमा साउन महिनामा ६९६ मुद्दा पेन्डिङ, ९९ प्रतिवादी पक्राउदेखि ३१ सवारी दुर्घटनासम्म
टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द हुने
नेपाली बजारमा बुधबार सुनको मूल्य घट्यो
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली