आज १२ वैशाख : विनाशकारी भूकम्प गएको नौं वर्ष पूरा

आज १२ वैशाख : विनाशकारी भूकम्प गएको नौं वर्ष पूरा : Icon Khabar

काठमाडौँ, वैशाख १२ । वैशाख १२ को विनाशकारी भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए ।  भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रुपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्याएको थियो । सो विनाशकारी भूकम्पको नौ वर्ष पूरा भएको छ । सो दिनको स्मृतिमा बुधबार भूकम्प स्मृति दिवस मनाइदैछ ।

अघिल्लो पुस्ताले सुनाउँदै आएको १९९० सालको भूकम्पलाई विर्साउने गरी बैशाखमा गएको उक्त विनासकारी भूकम्पको सम्झना गर्दै बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी सो दिवस मनाइँदै छ । खानी तथा भूगर्भ विभागले गोरखा भूकम्पको सम्झनामा बुधबार बृहत् फोटो प्रदर्शनी गर्दैछ भने देशभर सचेतनामूलक कार्यक्रमहरू हुँदैछन् ।

गोरखा भूकम्पबाट ३२ जिल्लामा क्षति पुगेको थियो । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं,  ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो ।

सो भूकम्पले करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको अनुमान सरकारले गरेको थियो । तर, सरकार र नागरिक तह दुवैले भूकम्पबाट जोगिन प्रभावकारी काम नगरेको पुष्टि गत कार्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा भएको छ । ६ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पले पश्चिमको १३ जिल्लालाई असर पा¥यो । १५३ जनाको ज्यान गयो भने ३६४ जना घाइते भए ।

सरकारले भूकम्प गएको महिनौं दिनसम्म पनि पीडिटका लागि राहत सामग्री पुर्याउन सकेन भने चिसोका कारण थप मानिसले ज्यान गुमाए । भूकम्पको ६ महिना पुग्न लाग्दा समेत पीडितका लागि स्थाई आवास निर्माणका प्रकृया सरकारले अगाडि बढाउन सकेको छैन । नेपाल भूकम्पीय जोखिममा ११ औं स्थानमा पर्छ भने काठमाडौं उपत्यका विश्वमै पहिलो नम्बरमा जोखिम भएको स्थान हो ।

Published Date: 24 April 2024
ताजा
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर
फ्रान्समा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय