इन्टर मिलानले जित्यो इटालियन सिरी ‘ए’ को उपाधि

इन्टर मिलानले जित्यो इटालियन सिरी ‘ए’ को उपाधि : Icon Khabar

काठमाडौं, वैशाख ११ । इन्टर मिलानले यस सिजनको इटालियन सिरी ‘ए’ को उपाधि जितेको छ । गए राति सम्पन्न खेलमा एसी मिलानलाई २–१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ‘ए’ को उपाधि ५ खेल अघि नै जितेको हो ।

इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक एक गोल गरेका थिए । त्यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए । यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए । यो जितपछि इन्टर मिलानको ३३ खेलमा ८६ अंक भएको छ र लिगमा ५ खेल बाँकी हुँदै सिरी ‘ए’ को उपाधि जितेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको मिलानको भने ३३ खेलमा ६९ अंक रेहको छ । इन्टर मिलानले योसहित सिरी ‘ए’ को उपाधि २० पटक जितेको छ । सिरी ‘ए’ को उपाधि अहिलेसम सबैभन्दा बढी जित्ने क्लब भने युभेन्टस हो । युभेन्टसले अहिलेसम्म ३६ पटक यो उपाधि जितेको छ । युभेन्टसले २०१९– २० सिजन यता सिरी ‘ए’ उपाधि जितेको छैन ।

Published Date: 23 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास