नेपालले जित्यो आयरल्याण्ड वुल्भ्सविरुद्धको शृङ्खला, सोमपालले लिए ह्याट्रिक विकेट

नेपालले जित्यो आयरल्याण्ड वुल्भ्सविरुद्धको शृङ्खला, सोमपालले लिए ह्याट्रिक विकेट : Icon Khabar

काठमाडाैँ, चैत १३ । घरेलु टोली नेपालले आयरल्याण्ड वुल्भ्सविरुद्धको ट्वान्टी-२० शृङ्खलाको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्याण्ड वुल्भ्समाथि ७१ रनको जित दर्ता गर्दै शृङ्खलामा क्लिनस्विप गरेको हो ।

१९ औं ओभरमा नेपालले लगातार ३ विकेट लिँदै आयरल्यान्डलाई अलआउट गर्यो । पहिलो बलमा सोमपालले लियाम मकार्थीलाई बोल्ड गरे । त्यसपछि बेन ह्वाइटले पहिलो बलमै सोमपाललाई क्याच फिर्ता दिए । तेस्रो बलमा रोहितले ग्यारेथ डेलनीलाई नन स्ट्राइक एन्डमा रनआउट गरे ।

नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३-३ विकेट लिए । विवेक यादव, कुशल भुर्तेल र करण केसीले १-१ विकेट हात पारे । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड वुल्भ्सलाई छ विकेटले पराजित गरेको थियो ।

Published Date: 26 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास