नेपालले जित्यो आयरल्याण्ड वुल्भ्सविरुद्धको शृङ्खला, सोमपालले लिए ह्याट्रिक विकेट

नेपालले जित्यो आयरल्याण्ड वुल्भ्सविरुद्धको शृङ्खला, सोमपालले लिए ह्याट्रिक विकेट : Icon Khabar

काठमाडाैँ, चैत १३ । घरेलु टोली नेपालले आयरल्याण्ड वुल्भ्सविरुद्धको ट्वान्टी-२० शृङ्खलाको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्याण्ड वुल्भ्समाथि ७१ रनको जित दर्ता गर्दै शृङ्खलामा क्लिनस्विप गरेको हो ।

१९ औं ओभरमा नेपालले लगातार ३ विकेट लिँदै आयरल्यान्डलाई अलआउट गर्यो । पहिलो बलमा सोमपालले लियाम मकार्थीलाई बोल्ड गरे । त्यसपछि बेन ह्वाइटले पहिलो बलमै सोमपाललाई क्याच फिर्ता दिए । तेस्रो बलमा रोहितले ग्यारेथ डेलनीलाई नन स्ट्राइक एन्डमा रनआउट गरे ।

नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३-३ विकेट लिए । विवेक यादव, कुशल भुर्तेल र करण केसीले १-१ विकेट हात पारे । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड वुल्भ्सलाई छ विकेटले पराजित गरेको थियो ।

Published Date: 26 March 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक