नेप्से परिसूचक छ प्रतिशतले बढेपछि कारोबार स्थगित

नेप्से परिसूचक छ प्रतिशतले बढेपछि कारोबार स्थगित : Icon Khabar

काठमाडौ, फागुन २१ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजको शेयर कारोबार स्थगित भएको छ । आज बजार खुले लगत्तै परिसूचक चार प्रतिशतले वृद्धि भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार चार प्रतिशतले बजार बढेपछि पहिलो पटकका लागि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।

त्यसपछि पुनःकारोबार सुरु भएपछि नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धि भएपछि आजको कारोबार स्थगित भएको नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए । आजको कारोबारमा नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार ७८ मा पुगेको छ । विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ७.८६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 March 2024
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ