केपी ओली कप आज देखि

केपी ओली कप आज देखि : Icon Khabar

काठमाडौँ, फागुन ११ । नेपाल युवा संघको आयोजनामा दोस्रो संस्करणको केपी ओली कप फूटबल प्रतियोगिता आज देखि सुरु हुदैँछ । उद्घाटन खेलमा आयोजक केपी ओली एफसी र ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड भिड्ने छन् ।

खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउसो ३ बजे सुरु हुने छ । खेल अघि १ बजे बाट उद्घाटन समारोह समेत रहेको आयोजकले जनाएको छ ।

यसपटक प्रतियोगितामा १२ टोलीको सहभागिता रहने छ । आयोजक केपी ओली एफसी बाहेक चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, न्यु रोड टिम, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र मछिन्द्र क्लब सहित भारतका मानेभञ्ज्याङ क्लब एफसी र दिल्ली एफसी प्रतियोगितामा सहभागी रहने छन् ।

मनाङ मर्स्याङ्दी क्लबले सहभागिता नजनाउने भएपछि न्यु रोड टिमले मनाङको स्थान लिने भएको हो ।

प्रतियोगिताका सेमिफाइनल अगाडिका खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने छन् । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगिताको फाल्गुन १९ का दिन समापन हुने छ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

Published Date: 23 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक