केपी ओली कप आज देखि

केपी ओली कप आज देखि : Icon Khabar

काठमाडौँ, फागुन ११ । नेपाल युवा संघको आयोजनामा दोस्रो संस्करणको केपी ओली कप फूटबल प्रतियोगिता आज देखि सुरु हुदैँछ । उद्घाटन खेलमा आयोजक केपी ओली एफसी र ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड भिड्ने छन् ।

खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउसो ३ बजे सुरु हुने छ । खेल अघि १ बजे बाट उद्घाटन समारोह समेत रहेको आयोजकले जनाएको छ ।

यसपटक प्रतियोगितामा १२ टोलीको सहभागिता रहने छ । आयोजक केपी ओली एफसी बाहेक चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, न्यु रोड टिम, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र मछिन्द्र क्लब सहित भारतका मानेभञ्ज्याङ क्लब एफसी र दिल्ली एफसी प्रतियोगितामा सहभागी रहने छन् ।

मनाङ मर्स्याङ्दी क्लबले सहभागिता नजनाउने भएपछि न्यु रोड टिमले मनाङको स्थान लिने भएको हो ।

प्रतियोगिताका सेमिफाइनल अगाडिका खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने छन् । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगिताको फाल्गुन १९ का दिन समापन हुने छ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

Published Date: 23 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास