प्रतिनिधिसभाको बैठक: गणपूरक संख्या नपुगेपछि स्थगित

प्रतिनिधिसभाको बैठक: गणपूरक संख्या नपुगेपछि स्थगित : Icon Khabar

काठमाडौं, फागुन १० । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

आज बसेको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि नेमकिपा सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गर्दा नेकपा एमालेका सचेतक महेश बर्तौतालले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए ।

त्यसपछि तीन मिनेट घण्टी बजाएर सांसदको संख्या यकिन गर्दा सांसदको संख्या ६९ हुनुपर्नेमा ६५ मात्र भएकाले सभामुख घिमिरेले गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरे । अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

Published Date: 22 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास