प्रतिनिधिसभाको बैठक: गणपूरक संख्या नपुगेपछि स्थगित

प्रतिनिधिसभाको बैठक: गणपूरक संख्या नपुगेपछि स्थगित : Icon Khabar

काठमाडौं, फागुन १० । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

आज बसेको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि नेमकिपा सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गर्दा नेकपा एमालेका सचेतक महेश बर्तौतालले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए ।

त्यसपछि तीन मिनेट घण्टी बजाएर सांसदको संख्या यकिन गर्दा सांसदको संख्या ६९ हुनुपर्नेमा ६५ मात्र भएकाले सभामुख घिमिरेले गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरे । अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 February 2024
Website | + posts