फागुन २७ गते नेपालगञ्जमा मेनुका पौडेलको लाइभ कन्सर्ट

फागुन २७ गते नेपालगञ्जमा मेनुका पौडेलको लाइभ कन्सर्ट : Icon Khabar

काठमाडौं, फागुन १० । नेपालगञ्जमा फागुन २७ गते गायिका मेनुका पौडेलको कन्सर्ट हुने भएको छ। ‘अन्तराल’को आयोजनामा यही फागुन २४ गतेदेखि नपालगञ्ज रंगशालामा हुने नेपाल कल्चर फेस्टिभलको अवसर पारेर मेनुकाको कन्सर्ट हुन लागेको हो।

यो कन्सर्टलाई ‘लेट्स सिङ विथ मेनुका’ (मेनुकासँगै गाऔँ) नाम दिइएको छ।  फेस्टिभलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने,’गायिका मेनुकाको उपस्थितिले यस क्षेत्रका किशोर किशोरीहरुलाई पनि प्रोत्साहित गरोस् भन्ने हाम्रो उद्देश्य हो।’

वाद्यवादन टिमसहित मेनुकाको ‘ लाइभ ’ प्रस्तुति हुनेछ। कन्सर्टको टिकट स्टल र क्याफेहरुबाट बिक्री गरिनेछ भने अनलाइनबाट समेत किन्न सकिनेछ। विद्यार्थीहरुलाई विशेष सहुलियत रहनेछ।

मेनुका भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’मा उत्कृष्ट १० भित्र पर्न सफल भएकी थिइन्। इडियन आइडलकै क्रममा उनले भारतीय चलचित्र ‘सलार’ मा पनि गीत गाएकी थिइन्।

Published Date: 22 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक