वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइयो

वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइयो : Icon Khabar

वीरगञ्ज, फागुन १० । वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सूचना जारी गरी वीरगञ्जमा कर्फ्यू आदेश पूर्णरूपले हटाइएको जानकारी गराए।

हाल स्थिति सामान्य हुँदै गएकोले जारी भएको कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क. को उपदफा (५) बमोजिम फागुन ९ गते बेलुका १० बजेदेखि लागू हुने गरी पूर्णरूपले हटाइएको सूचनामा जनाइएको छ।

रौतहटमा भएको सरस्वती माताको मूर्ति विसर्जनलाई लिएर गत सोमबार वीरगञ्जमा पनि तनावग्रस्त स्थिति भएपछि स्थानीय प्रशासनले पूर्वमा नगवा, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुलसम्मकाे क्षेत्र तोकेर कर्फ्यु लगाएको थियो।

कर्फ्युको अवस्थामा वीरगञ्जमा कुनै अप्रिय घटना भने भएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 February 2024
Website | + posts