वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइयो

वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइयो : Icon Khabar

वीरगञ्ज, फागुन १० । वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सूचना जारी गरी वीरगञ्जमा कर्फ्यू आदेश पूर्णरूपले हटाइएको जानकारी गराए।

हाल स्थिति सामान्य हुँदै गएकोले जारी भएको कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क. को उपदफा (५) बमोजिम फागुन ९ गते बेलुका १० बजेदेखि लागू हुने गरी पूर्णरूपले हटाइएको सूचनामा जनाइएको छ।

रौतहटमा भएको सरस्वती माताको मूर्ति विसर्जनलाई लिएर गत सोमबार वीरगञ्जमा पनि तनावग्रस्त स्थिति भएपछि स्थानीय प्रशासनले पूर्वमा नगवा, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुलसम्मकाे क्षेत्र तोकेर कर्फ्यु लगाएको थियो।

कर्फ्युको अवस्थामा वीरगञ्जमा कुनै अप्रिय घटना भने भएन।

Published Date: 22 February 2024
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय