लगातार चौथो दिन घट्यो सेयरबजार

लगातार चौथो दिन घट्यो सेयरबजार : Icon Khabar

काठमाडौँ, फागुन ९ । बुधबार सेयरबजारमा ६.४६ अङ्कको सामान्य गिरावट आउँदा कारोबार रकम भने उल्लेख्य रुपमा घटेको छ । समग्र बजार घटेपनि खेलाडीहरु लागेका स्क्रीप्टमा भने हरियाली कायम नै रहेको छ ।

मङ्गलबार १.७६ अङ्कले घटेको सेयरबजार आज थप ६.४६ अङ्कले घटेर २०२६.५९ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार नौ सय ७८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७ सय ७९ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बोटलर्स नेपाल बालाजु र तराई, हिमालयन उर्जा र समाज लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा पिपल्स हाइड्रो, हिमालयन हाइड्रो, त्रिशुली जलविद्युत कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनी रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।V

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2024
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने