लगातार चौथो दिन घट्यो सेयरबजार

लगातार चौथो दिन घट्यो सेयरबजार : Icon Khabar

काठमाडौँ, फागुन ९ । बुधबार सेयरबजारमा ६.४६ अङ्कको सामान्य गिरावट आउँदा कारोबार रकम भने उल्लेख्य रुपमा घटेको छ । समग्र बजार घटेपनि खेलाडीहरु लागेका स्क्रीप्टमा भने हरियाली कायम नै रहेको छ ।

मङ्गलबार १.७६ अङ्कले घटेको सेयरबजार आज थप ६.४६ अङ्कले घटेर २०२६.५९ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार नौ सय ७८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७ सय ७९ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बोटलर्स नेपाल बालाजु र तराई, हिमालयन उर्जा र समाज लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा पिपल्स हाइड्रो, हिमालयन हाइड्रो, त्रिशुली जलविद्युत कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनी रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।V

Published Date: 21 February 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै