इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी : Icon Khabar

काठमाडौं, फागुन ९ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ। बुधबार बिहान सकिएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा एकमात्र निर्णायक गोल एर्लिङ हालान्डले गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हालान्डले ७१ औं मिनेटमा गोलको खडेरी तोडेका थिए। उनले जुलियन अल्भारेजको पासमा गोल गरेका हुन्।

जितसँगै सिटी २५ खेलबाट ५६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ। सिटी तेस्रो स्थानमा पुगेको आर्सनल भन्दा १ अंकले अगाडि रहेको छ।

यसैगरी शीर्ष स्थानको लिभरपुल पनि १ अंकले अघि रहेको छ। शीर्ष तीनमा रहेका लिभरपुल, सिटी र आर्सनलको बीचमा कडा प्रतिस्पर्धा रहेको छ। प्रिमियर लिगमा अहिले २५ औं चरणको खेल जारी छ।

Published Date: 21 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास