इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी : Icon Khabar

काठमाडौं, फागुन ९ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ। बुधबार बिहान सकिएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा एकमात्र निर्णायक गोल एर्लिङ हालान्डले गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हालान्डले ७१ औं मिनेटमा गोलको खडेरी तोडेका थिए। उनले जुलियन अल्भारेजको पासमा गोल गरेका हुन्।

जितसँगै सिटी २५ खेलबाट ५६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ। सिटी तेस्रो स्थानमा पुगेको आर्सनल भन्दा १ अंकले अगाडि रहेको छ।

यसैगरी शीर्ष स्थानको लिभरपुल पनि १ अंकले अघि रहेको छ। शीर्ष तीनमा रहेका लिभरपुल, सिटी र आर्सनलको बीचमा कडा प्रतिस्पर्धा रहेको छ। प्रिमियर लिगमा अहिले २५ औं चरणको खेल जारी छ।

Published Date: 21 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक