राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र पार्लियामेन्ट इन पार्टनरसिपका प्रमुख मफीबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र पार्लियामेन्ट इन पार्टनरसिपका प्रमुख मफीबीच भेटवार्ता : Icon Khabar

काठमाडौँ, फागुन ८ ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र इन्टर पारिस, पार्लियामेन्ट इन पार्टनरसिपका प्रमुख जोनाथन मफीबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका मफीले मङ्गलवार सिंहदरवारस्थित तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले संसद् जनताका सवाल उठाउने र कानून निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सक्दा प्रजातन्त्र बलियो हुने बताए। उनले सरकारलाई कसरी संसद् र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने कुरामा इयुबाट सहयोग हुने अपेक्षा व्यक्त गरे।

अध्यक्ष तिमिल्सिनाले संसद् भवन भूकम्पमा क्षतिग्रस्त भएपछि नयाँ बन्ने चरणमा रहेका जानकारी गराए। सांसद र संसद्का कर्मचारीको क्षमता विकासका लागि सहकार्य गर्न इच्छुक रहेको उनको भनाइ थियो ।

भेटमा प्रमुख मफीले प्रजातन्त्र नै युरोपेली संसद्को गहना भएको बताउँदै नेपालको संसद्सँग आगामी दिनमा आवश्यकताका आधारमा दुई पक्षीय सहयोगका विषयमा सहकार्य गर्दै जान सकिने बताए।

Published Date: 20 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास