राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र पार्लियामेन्ट इन पार्टनरसिपका प्रमुख मफीबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र पार्लियामेन्ट इन पार्टनरसिपका प्रमुख मफीबीच भेटवार्ता : Icon Khabar

काठमाडौँ, फागुन ८ ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र इन्टर पारिस, पार्लियामेन्ट इन पार्टनरसिपका प्रमुख जोनाथन मफीबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका मफीले मङ्गलवार सिंहदरवारस्थित तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले संसद् जनताका सवाल उठाउने र कानून निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सक्दा प्रजातन्त्र बलियो हुने बताए। उनले सरकारलाई कसरी संसद् र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने कुरामा इयुबाट सहयोग हुने अपेक्षा व्यक्त गरे।

अध्यक्ष तिमिल्सिनाले संसद् भवन भूकम्पमा क्षतिग्रस्त भएपछि नयाँ बन्ने चरणमा रहेका जानकारी गराए। सांसद र संसद्का कर्मचारीको क्षमता विकासका लागि सहकार्य गर्न इच्छुक रहेको उनको भनाइ थियो ।

भेटमा प्रमुख मफीले प्रजातन्त्र नै युरोपेली संसद्को गहना भएको बताउँदै नेपालको संसद्सँग आगामी दिनमा आवश्यकताका आधारमा दुई पक्षीय सहयोगका विषयमा सहकार्य गर्दै जान सकिने बताए।

Published Date: 20 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक