नेपाललाई सागरले दिलाए पहिलो सफलता

नेपाललाई सागरले दिलाए पहिलो सफलता : Icon Khabar

काठमाडौँ, फागुन ८ । मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा-११ ले १२ ओभरमा १ विकेटको क्षतिमा ६४ रन जोडेको छ । सृमन्थ विजयरत्ने २६ रनमा खेलिरहेका छन् । उनले ३२ बलमा ५ चौका प्रहार गरेका छन् । निकोलस किर्तन भर्खर क्रिजमा आएका हुन् ।

१२ औं ओभरको तेस्रो बलमा आरोन जोन्सन आउट भए । उनी सागर ढकालको एलबीडब्लु धरापमा परे । जोन्सनले ३८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे ।

विजयरत्नेले २१ रनमा रहँदा जीवनदान पाएका थिए । सागर ढकालले फालेको दशौं ओभरको पाँचौ बलमा कभरमा रहेका विवेक यादवले डाइभ दिँदै क्याच समाउन सकेनन् ।

नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गरिरहेका छन् ।

नेपाल ‘ए’ टोलीमा दुई परिवर्तन गरेको छ । विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन् । विनोद बिरामी परेका कारण मैदानमा आएका छैनन् ।

पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । खेलको प्रत्यक्ष प्रसारण क्यानको जिल्ला/प्रदेश फेसबुक पेजबाट गरिएको छ ।

नेपालको प्लेइङ११ : अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, रिजन ढकाल

क्यानडा-११ : आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, निखिल दत्त, अमर खालिद

Published Date: 20 February 2024
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय