डिजेल, पेट्रोल र मट्टितेलकाे मूल्य बढ्याे

डिजेल, पेट्रोल र मट्टितेलकाे मूल्य बढ्याे : Icon Khabar

काठमाडौँ, फागुन ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ।  बिहीबार रातिबाट लागु हुने गरी निगमले मूल्य बढाएकाे हाे । मूल्य बृद्धि पछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलकाे  मूल्य १६० रुपैयाँ कायम भएको छ।

पेट्रोलियम पदार्थ अन्तर्गत पेट्रोल, डिजल र मट्टिटेलमा २ रूपैयाँ मूल्य वृद्धि भएको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको छैन। निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल/मटिटेल क्रमशः १५७.५०, १५९ र १६० रूपैयाँ तोकेको छ।

इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १.८३ रूपैयाँ र डिजेलमा १.५६ रूपैयाँ बढेर आएको पनि निगमले सूचनामा जनाएको छ।

Published Date: 16 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक