रकुल प्रीत सिंहले विवाहमा ५ जना डिजाइनरले बनाएको पहिरन लगाउने

रकुल प्रीत सिंहले विवाहमा ५ जना डिजाइनरले बनाएको पहिरन लगाउने : Icon Khabar

काठमाडौँ, फागुन ३ । अभिनेत्री रकुल प्रीत सिंह र ज्याकी भगनानी अहिले आफ्नो जीवनको उत्कृष्ट चरणमा छन् । वर्षौंको डेटिङपछि अब दुवै बेहुला-बेहुली बन्न लागेका हुन् ।

यो जोडीको बिहेको तयारी तिब्र रुपमा चलिरहेको छ । अब रकुल-ज्याकीले आफ्नो विवाहमा एक नभई ५ ठूला डिजाइनरले तयार गरेको लुगा लगाउने खबर आएको छ ।

इटाइम्सको रिपोर्ट अनुसार, रकुल र ज्याकीको विवाहको पोशाक ५ लोकप्रिय डिजाइनरहरूले तयार पारिरहेका छन्। उनीहरुको विवाहको पोशाक निकै विशेष हुनेछ।

स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा चर्चित डिजाइनर तरुण ताहिलानी, शान्तनु र निखिल, फाल्गुनी साने मयूर, कुणाल रावल, अर्पिता मेहताको कार्यशालामा वैवाहिक पोशाक बनाउने काम तीव्र गतिमा भइरहेको बताइएको छ ।

स्रोतका अनुसार रकुल र ज्याकीले भारतीय तथा अन्तर्राष्ट्रिय डिजाइनरले डिजाइन गरेको लुगा लगाउनेछन् । रकुलको पहिरन पञ्जाबी संस्कृतिबाट प्रेरित हुनेछ ।

रिपोर्टमा भनिएअनुसार रकुल र ज्याकी विवाह पछि तुरुन्तै हनिमुनमा जाने छैनन् किनभने उनीहरुसँग पहिले नै कामको प्रतिबद्धता छ।

दुबैको विवाह समुद्र तटमा हुनेछ, त्यसैले उनीहरूले आफ्नो विवाहको लागि गोवा रोजेका छन्। गोवामा विवाह गरेपछि दुवै काममा फर्किनेछन् र त्यसपछि कामबाट फुर्सदको समय निकालेर हनिमुनमा जानेछन् ।

Published Date: 15 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास