नामिबियाविरुद्ध नेपालको खराब सुरुवात

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात : Icon Khabar

काठमाडौँ, फागुन ३ । नेपालले नामिबियाविरुद्ध खराब सुरुवात गरेको छ। आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले ७ विकेट गुमाइसकेको छ।

 कुशल खेलको पहिलो बलमा स्लिपमा रहेका जेजे स्मिटको हातबाट समातिए । उनी रोयल डक (खेलको पहिलो बलमा विकेट) आउट भए । रुबेन ट्रम्पलम्यानले फालेको वाइड बललाई पछ्याउने क्रममा कुशल एज लाग्दै क्याच आउट भएका थिए ।

नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए। आसिफ सेख ४, अनिल शाह ८ , कुशल मल्ल १५ , सोमपल कामी २ र भिम सार्की ४४ रुन बनाएर आउट भएका छन्।

क्रिजमा अहिले गुलसन झा र पवन सर्राफ खेलिरहेका छन् । गुलसनले २२ बलको सामना गर्दै २ चौका प्रहार गरेका छन् । पवनले ४ बलको सामना गर्दै १ रुन लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 February 2024
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु