बुधबार नेप्से परिसूचक सामान्य अंक बढ्यो

बुधबार नेप्से परिसूचक सामान्य अंक बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन २ । बुधबार नेप्से परिसूचक ५.९१ अंक बढेर २०७६.५० विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.२७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक बढेको छ।

नेप्से सामान्य अंक बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०२ स्टकको ७४ हजार ६७५ पटकको कारोबारमा ४ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु), पाँचथर पावर कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र समृद्धि फाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, दोर्दी खोला जलविद्युत कम्पनी र पिपुल्स पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स् शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, गोर्खाज फाइनान्सको साढे १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने प्राइम कमर्सियल बैंकको साढे ११ करोडभन्दा बढीको संस्थापक शेयर किनबेच भएको छ।

आज १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक आज सर्वाधिक ६.५६ अंक बढेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक २.३८ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक १.०७ प्रतिशत बढेको छ। आज बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 February 2024
Website | + posts