सिताको ह्याट्रिकसँगै नेपाललाई मध्यम लक्ष्य

सिताको ह्याट्रिकसँगै नेपाललाई मध्यम लक्ष्य : Icon Khabar

काठमाडौँ, फागुन २ । अनुभवी अलराउन्डर सिता रानामगरको ह्याट्रिकसँगै नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गतको क्वाटरफाइनल खेलमा कुवेतलाई मध्यम योगफलमा रोकेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनायो । कुवेतलाई मध्यम योगफलमा रोक्न नेपालका लागि सिता राना मगरले ४ ओभरमा ११ रन दिँदै ह्याट्रिक सहित ३ विकेट लिन सफल भइन् ।

सिताले १३औ ओभरमा ह्याट्रिक लिए लिएकी थिइन् । उनले १३औं ओभरको दोस्रो बलमा ओपनर प्रियादा मुरलीलाई ३३ बलमा २९ रन बनाएको अवस्थामा आउट गरिन् । तेस्रो बलमा मर्यम ओमार काजल श्रेष्ठद्वारा स्टम्प आउट भईन् । यस्तै चौथो बलमा कुवेतकी कप्तान अम्ना शरिफलाई पनि आउट गर्दै सिताले ह्याट्रिक लिन सफल भईन् ।

यस्तै रुबिना क्षत्रीले ४ ओभरमा १० रन दिँदै २ विकेट लिँदा कबिता कुँवरले ४ ओभरमा ९ रन दिएर २ विकेट नै लिईन् ।

कुवेतका लागि प्रियादाले नै सबैभन्दा धेरै रन प्रहार गरेकी थिइन् । यस्तौ शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३-१३ रन बनाउन सफल भए । अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेनन् ।

नेपालले समूह चरणमा हङकङ, भुटान र माल्दिभ्समाथि जित निकाल्दै समुहको विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । आजको विजेताले जापान र मलेसिया बीचको विजेता विरुद्ध फाइनल प्रवेशका लागि खेल्ने छ । अर्को सेमिफाइनलमा यूएई र थाइल्याण्ड खेल्दैछन् ।

फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्ने छन् । एसिया कप २०२४ सेप्टेम्बरमा हुनेछ ।

Published Date: 14 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक