देव र अनिल लिग-२ खेल्ने टोलीमा समावेश

देव र अनिल लिग-२ खेल्ने टोलीमा समावेश : Icon Khabar

काठमाडौँ, फागुन २ । ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर देव खनाल विहीबारदेखि सुरु हुने आइसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि टोलीमा समेटिएका छन् ।

क्यानडाविरुद्ध खेलिएको ओडीआई सिरिजमा उच्च प्रदर्शन गरेपछि नेपालले यसअघि घोषित टोलीमा दुई परिवर्तन गर्दै नयाँ १५ सदस्यीय टोली घोषणा गरेको हो । यसअघि घोषित टोलीमा अनिल र देव थपिंदा रिजन ढकाल र अर्जुन साउद भने बाहिरिएका छन् ।

क्यानडा सिरिजमा विश्राम लिएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा लगायत टोलीमा फर्किएका छन् । दीपेन्द्र हाल यूएईमा चलिरहेको आइएलटि२० मा गल्फ जायन्टसबाट खेलिरहेकाले पहिलो खेल गुमाउनेछन् ।

लिग-२ त्रिकोणात्मक सिरिज : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ

नेपालले लिग-२ अन्तर्गत पहिलो खेल विहीबार नामिबियासँग खेल्नेछ । त्यसपछि शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । सबै खेल कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान ९:१५ बजे सुरु हुनेछ ।

लिग-२ को अन्तिम खेल तालिका:

१५ फेब्रुअरी विहीबार – नेपाल विरुद्ध नामिबिया

१७ फेब्रुअरी शनिबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स

१९ फेब्रुअरी सोमबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स

२१ फेब्रुअरी बुधबार – नेपाल विरुद्ध नामिबिया

२३ फेब्रुअरी शुक्रबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स

२५ फेब्रुअरी आइतबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स

Published Date: 14 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक