देव र अनिल लिग-२ खेल्ने टोलीमा समावेश

देव र अनिल लिग-२ खेल्ने टोलीमा समावेश : Icon Khabar

काठमाडौँ, फागुन २ । ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर देव खनाल विहीबारदेखि सुरु हुने आइसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि टोलीमा समेटिएका छन् ।

क्यानडाविरुद्ध खेलिएको ओडीआई सिरिजमा उच्च प्रदर्शन गरेपछि नेपालले यसअघि घोषित टोलीमा दुई परिवर्तन गर्दै नयाँ १५ सदस्यीय टोली घोषणा गरेको हो । यसअघि घोषित टोलीमा अनिल र देव थपिंदा रिजन ढकाल र अर्जुन साउद भने बाहिरिएका छन् ।

क्यानडा सिरिजमा विश्राम लिएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा लगायत टोलीमा फर्किएका छन् । दीपेन्द्र हाल यूएईमा चलिरहेको आइएलटि२० मा गल्फ जायन्टसबाट खेलिरहेकाले पहिलो खेल गुमाउनेछन् ।

लिग-२ त्रिकोणात्मक सिरिज : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ

नेपालले लिग-२ अन्तर्गत पहिलो खेल विहीबार नामिबियासँग खेल्नेछ । त्यसपछि शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । सबै खेल कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान ९:१५ बजे सुरु हुनेछ ।

लिग-२ को अन्तिम खेल तालिका:

१५ फेब्रुअरी विहीबार – नेपाल विरुद्ध नामिबिया

१७ फेब्रुअरी शनिबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स

१९ फेब्रुअरी सोमबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स

२१ फेब्रुअरी बुधबार – नेपाल विरुद्ध नामिबिया

२३ फेब्रुअरी शुक्रबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स

२५ फेब्रुअरी आइतबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स

Published Date: 14 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास