आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस

आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस : Icon Khabar

काठमाडौँ, फागुन २ । आज १४ फ़्रेबुअरि प्रेम दिवस अथवा प्रणय दिवस । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे ।

उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

इटलीका सम्राट् क्लाउडिअस २ ले नागरिक विवाहमा प्रतिबन्ध लगाउँदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रूपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा आज संसारभरि प्रेम दिवस मनाइन्छ । करोडौँको सङ्ख्यामा भ्यालेन्टाइन डे कार्डहरू, चकलेटहरू, फूलहरू अनि विभिन्न उपहारहरूको आदान-प्रदान गरी यो मायालु दिनको उत्सव मनाईदैछ ।

सम्राट् क्लाउडिअस २ ले भ्यालेन्टाइनलाई बन्दी गृहमा बन्दी बनाएर राखेको समयमा बन्द गृहको एक सिपाहीकी छोरीसँग यिनको प्रेम रहन गएको र मृत्यु अगाडी उनले आफ्नी प्रेमीकाका लागि लेखेको चिठ्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनी आफूलाई प्रेषकका रुपमा गरिएको एउटा सम्बोधन त्यही सम्बोधन आजसम्म पनि मानव समुदाय अनि प्रेमीहरूले हृदयनिकट व्यक्तिलाई आफ्ना भ्यालेन्टाईनका रुपमा सम्झिने गर्दछन् ।

भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । पछिल्लो समयमा हाम्रो देश नेपालमा पनि यो दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक-अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । हरेकको मनमा प्रेमभाव अङ्कुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन ।

मायाका नाममा कुनै र्दुब्यबहार नगरौँ, मायाको सम्मान गरौँ अनि मायाको पहिचान बनाऔँ । बलजफ्ति प्राप्तिको लालसा माया कदापि हुनै सक्दैन, त्यो अपराध हो, अपमान हो । मायालाई सङ्कुचित र फगत सीमित आकर्षणको घेराभन्दा पर पलभरमा संसारै फरक पार्न सक्ने आँखाले हेर्न आवश्यक छ । आकर्षण त फेरी सकिएला तर अचानक एकले अर्कोप्रति समर्पण गरेको अनुभूति जूगाैजूग अमर भई बाँच्नेछ ।

प्रेमलाई केवल प्रेमी प्रेमिकासँग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ । यहाँका सबै प्राणीहरूबिचमा मायाको शीतल आँचल लहराई रहोस्, माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि । माया र आफ्नू मायालुप्रति बफादार बनौँ पनि । माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बत्ताइदिनुहोस्, कति माया गर्नुहुन्छ भनेर ? भेट्न सम्भव छ भने भेटिदिनुहोस्, एक कप चिया मात्रै खाए पनि हज्जारौं वर्षलाई पुग्ने गरी माया मुटुभरि भर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 February 2024
Website | + posts