बजेट र मौद्रिक नीतिको समीक्षा आजै

बजेट र मौद्रिक नीतिको समीक्षा आजै : Icon Khabar

काठमाडौँ, माघ २९ । अर्थमन्त्रालयले बजेट र राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार गर्ने भएका छन् । अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षाको लागि सोमबार पत्रकार सम्मेलन गर्न लागेको छ। मन्त्रालयले दिउसो साढे ३ बजे अर्थमन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गरी अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न लागेको हो।

यता राष्ट्र बैंकले पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि आजै सञ्चालक समितिको बैठक डाकेको छ। राष्ट्र बैंकले माघ महिनाभित्रै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी गरिरहेको थियो। सोहि अनुसार सोमबार साँझ अर्धवार्षिक समीक्षाको एजेण्डा राखेर सञ्चालक समितिको बैठक डाकिएको छ।

सञ्चालक समितिले पारित गरेपछि आजै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी छ। पुससम्मको तथ्याँकले बाह्यक्षेत्र अझै मजबुद बनेको देखाएको छ। यसले गर्दा केन्द्रीय बैंकले दोस्रो त्रैमासिक समीक्षामा पनि केहि लचिलो नीति लिन लागेको छ।

मौद्रिक नीतिको समीक्षामा केन्द्रीय बैंकलाई यसअघि गरेको कडाइलाई अझै खुकुलो बनाउनुपर्ने दबाब छ। आन्तरिक अर्थतन्त्रलाई पनि चलायमान बनाउनुपर्ने बाध्यता रहेकोले पनि केन्द्रीय बैंकले लचिलो नीति लिन लागेको हो।

चालु आर्थिक वर्षदेखि नै राष्ट्र बैंकले आफ्नो नीतिलाई खुकुलो बनाउँदै लगेको छ। नीतिगत दरहरु घटाउँदै लगेको छ भने दोस्रो त्रैमासिक समीक्षामा पनि यस्तो दर थप घटाउने तयारी गरेको छ। यसले गर्दा बैंकहरुको ब्याजदर अझै घट्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 February 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने