भक्तपुर घरेलु तथा साना उद्योग संघमा बधाई तथा सिहावलोकन कार्यक्रम सम्पन्न

भक्तपुर घरेलु तथा साना उद्योग संघमा बधाई तथा सिहावलोकन कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, माघ २९ । भक्तपुर घरेलु तथा साना उद्योग संघमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिह नेपाल सरकारले ३ वटा विभिन्न समितिहरु राष्ट्रिय योजना अन्तर्गत १६ औ योजना तर्जुमाको लागि राष्ट्रिय विकास परिषद, उद्योग बाणिज्य प्रवर्द्धन संवाद परिषद तथा केन्दिय श्रम सल्लाहकार परिषदको सदस्य पदमा मनोनय हुनु भएको अवसरमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन भएको हो।

कार्यक्रममा संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले महासंघका अध्यक्ष नेपाल सरकारको विभिन्न समितिमा सदस्यको रुपमा मनोनय भएकोमा जिल्ला संघलाई पनि गर्व लागेको तथा उहाँको कार्यकालमा लघु घरेलु तथा साना उद्यमीहरु विकासमा समर्पित हुनेमा संघ विश्वत रहेको बताउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उनले उद्योग निति २०६७ सालमा नेपाल सरकारको विभिन्न १४ भन्दा बढी समितिमा निजी क्षेत्रको तर्फबाट नेपाल घरेलु तथा साना उद्योग
महासंघ तथा जिल्ला संघ सदस्य रहेकोमा औद्योगिक व्यवशाय ऐनले सो खारेज गरेको कारण पुन ती समितिमा रहन पहल गर्नुपर्ने जानकारी गराए।

त्यसैगरी संघका निवर्तमान अध्यक्ष विरेन्द्र जतीले बधाई दिन्दै संघ संस्थामा व्यक्तिगत नभई संस्थागत रुपमा प्रतिनिधित्व गर्न महासंघले पहल गर्नुका साथै नेपाल सरकारद्बारा उत्कृष्ट रहेको नगरपालिकामा लघु उद्यमीको लागि बजेट बिनियोजित गरेको हुन्दा सो बजेटको लागि महासंघ तथा जिल्ला संघले पहल गर्नुपर्ने बताए।

त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमिति प्रदेशका महासचिव शनिश लागेजुले भक्तपुर घरेलु तथा साना उद्योग संघ महासंघको अन्य जिल्ला संघभन्दा सक्रिय भएको र सदस्यहरुलाई सेव सुविधा प्रदान गरको कारण उत्कृष्ठ संघको रुपमा बागमति प्रदेश तथा महासंघबाट सम्मानित गरेको स्मरण गर्दै संघ सधै क्रियाशिल हुन सकोस भनी शुभकामना व्यक्त गरे।

त्यसै गरी नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समितिकी बरिष्ठ उपाध्यक्ष रिता अवालले विगतमा महासंघ विभिन्न समितिमा सदस्यको रुपमा रहेको स्मरण गर्दै पुन महासंघ विभिन्न समितिमा सदस्यको मनोनय भएकोमा खुशी व्यक्त गरिन् ।

त्यसैगरी महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिले सफल नेतृत्वले नै संघ संस्था सफल हुने भएकोले नेतृत्वले सधै सवैलाई समेटेर जानु पर्ने बताए। महासंघका अध्यक्ष उमेश प्रसाद सिहले विगतमा महासंघका प्रतिनिधिहरु विभिन्न समितिको बैठमामा जाने तर आफ्नो धारणा केही
नराखी निर्णयमा साक्षी बसि सही गरी आउने र खाजा र पारवहन खर्च बुझ्ने मात्र गरी रहेकोमा आफुले महासंघलाई स्थापित गर्न सकेको क्षेत्रमा पहल गरी रहेको जानकारी गराए।

२०४७ सालमा नेपाल घरेलु तथा साना उद्योग महासंघको स्थापना हुँदाको ५ सदस्यमध्ये आफुपनि एक संस्थापक सदस्य भई आज महासंघको अध्यक्ष हुन पाएकोमा गर्व गर्दै लघु घरेलु तथा साना उद्योग विकास र प्रवर्द्बनमा महासंघ तथा आफु सधै अग्रसर भई लाग्ने बताउदै बधाई ज्ञापन
गरेकोमा भक्तपुर घरेलु तथा साना उद्योग संघप्रति कृतज्ञता व्यक्त गरे।

साथै २०८० पुष २४ गते मंगलवारका दिन सम्पन भएको भक्तपुर घरेलु तथा साना उद्योग संघको ३३ औ तथ महिला उद्यमी समितिको ३१ बार्षिक साधारण सभाको सिहावलोकन पनि गरिएको थियो । सो कार्यक्रममा संघको साधरण सभामा राम्रो पक्ष तथा सुधार्नु पर्ने पक्षबारे संघका पुर्व अध्यक्ष तथा भक्तपुर घरेलु साकोसका अध्यक्ष लक्ष्मण ग्वाछा, पुर्व अध्यक्ष राजु श्रेष्ठ, केन्द्रिय महिला उद्यमी समितिका सदस्य तारादेवी धन्छा, संघका महिला उद्यमी समितिका उपाध्यक्ष कमलश्वरी खर्बुजा, सचिव सुचिता सैजु, कोषाध्यक्ष लक्ष्मी महर्जनले सुझाव दिए।

कार्यक्रममा संघका सचिव श्यामसुन्दर श्रेष्ठ तथा महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठले संघको गतिविधिहरु बारे चर्चा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 February 2024
Website | + posts