भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा विरोधमात्रै भयो : मन्त्री गुरूङ

भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा विरोधमात्रै भयो : मन्त्री गुरूङ : Icon Khabar

काठमाडौँ, माघ २८ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकार भएपछि मुलुक अप्ठेरो अवस्थाबाट ट्रयाकमा आउन खोजेको बताएका छन्।

नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आइतबार चितवनमा गरेको कार्यक्रममा वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था निकै चुनौतीपूर्ण रहेपनि वर्तमान सरकार भएपछि मुलुक अप्ठेरो अवस्थाबाट ट्रयाकमा आउन खोजेको तर पूरै राम्रो भने भइनसकेको बताए।

उनले भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा विरोधमात्रै हुने गरेको दाबी गरे। उनले न्यायालय स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यायालय स्वतन्त्र रहेको भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न नपाउने जनाए।

उनले सहकारी पीडितका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरिरहेको बताउँदै राजनीतिक प्रभावले ठगी धन्दामा लाग्नेलाई सरकारले छोड्ने र छुट दिने नगर्ने दाबी गरे। कांग्रेसका उपसभापति मन्त्री गुरुङले समुदायमा कांग्रेस अभियानका क्रममा देखिएको निराशाबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए।

Published Date: 11 February 2024


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु