अफताब आलमसहितको मुद्दामा आजदेखि सुनुवाइ हुने

अफताब आलमसहितको मुद्दामा आजदेखि सुनुवाइ हुने : Icon Khabar

काठमाडौँ, माघ २८ । काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दामा पेसी आजका लागि तोकिएको छ। आइतबारदेखि निरन्तर सुनुवाइ हुने बताइएको छ।

ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन थाालेको हो। यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो। त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानून व्यवसायीले बहस नोट बुझाइसकेका छन्।

१८ कात्तिक २०७६ रौतहट जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो। पहिलो संविधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको प्रतिवादी आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको र सो क्रममा घाइते भएकालाई आफ्नै इँटा भट्टाको चिम्नीमा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ। तर, आलमले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।

Published Date: 11 February 2024


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग