खेल क्षेत्रको विकासमा नयाँ इतिहास बनाउन चाहन्छौंः मन्त्री लिम्बु

खेल क्षेत्रको विकासमा नयाँ इतिहास बनाउन चाहन्छौंः मन्त्री लिम्बु : Icon Khabar

काठमाडौँ, माघ २८ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले व्यवसायिक खेलाडी निर्माण गरेर खेल क्षेत्रलाई अगाडि बढाउने प्रयासमा जुटिरहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले अहिले खेलाडीहरूलाई पढ्ने, बस्ने, खाने र खेल्ने सुविधासहित व्यवसायिक खेलाडी निर्माण गरेर खेल क्षेत्रलाई अगाडि बढाइ नयाँ इतिहास निर्माण गर्ने बताएका हुन् । तर, देशको अर्थतन्त्र बलियो नहुँदा चाहेको जस्तो परिवर्तन गर्न नसकेको गुनासो पनि गरे ।

उनले भने, ‘देशको अर्थतन्त्र त्यति बलियो छैन् । त्यसैले हामीले चाहेको जस्तो धेरै परिवर्तन गर्न सकेको छैनौ । सक्दो प्रयास गरिरहेको छौं । अहिलेको प्रयास खेलाडीहरूलाई पढ्ने ,बस्ने, खाने र खेल्ने सुविधासहित व्यवसायिक खेलाडी निर्माण गरेर खेल क्षेत्रलाई अगाडि बढाउने सोचका साथ हामी बजेटिङ गर्छौं । नयाँ खालको इतिहास निर्माण गर्छौं ।’

मन्त्री लिम्बुले संघहरुले मापदण्ड पूरा नगर्दा खेलाडीहरूलाई अन्याय भएको टिप्पणी गरे । जथाभावी चल्ने राष्ट्रिय संघको पक्षमा आफू नरहेको भन्दै संघहरूले आफूलाई आमूल परिवर्तन नगरेसम्म कसैले संघलाई मान्न नसक्ने भनाइ राखे ।

उनले अहिले नकारात्मक कुरा मात्र बढि गरेर समय खेर फाल्ने जमाना सुरु भएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 February 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन