खेल क्षेत्रको विकासमा नयाँ इतिहास बनाउन चाहन्छौंः मन्त्री लिम्बु

खेल क्षेत्रको विकासमा नयाँ इतिहास बनाउन चाहन्छौंः मन्त्री लिम्बु : Icon Khabar

काठमाडौँ, माघ २८ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले व्यवसायिक खेलाडी निर्माण गरेर खेल क्षेत्रलाई अगाडि बढाउने प्रयासमा जुटिरहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले अहिले खेलाडीहरूलाई पढ्ने, बस्ने, खाने र खेल्ने सुविधासहित व्यवसायिक खेलाडी निर्माण गरेर खेल क्षेत्रलाई अगाडि बढाइ नयाँ इतिहास निर्माण गर्ने बताएका हुन् । तर, देशको अर्थतन्त्र बलियो नहुँदा चाहेको जस्तो परिवर्तन गर्न नसकेको गुनासो पनि गरे ।

उनले भने, ‘देशको अर्थतन्त्र त्यति बलियो छैन् । त्यसैले हामीले चाहेको जस्तो धेरै परिवर्तन गर्न सकेको छैनौ । सक्दो प्रयास गरिरहेको छौं । अहिलेको प्रयास खेलाडीहरूलाई पढ्ने ,बस्ने, खाने र खेल्ने सुविधासहित व्यवसायिक खेलाडी निर्माण गरेर खेल क्षेत्रलाई अगाडि बढाउने सोचका साथ हामी बजेटिङ गर्छौं । नयाँ खालको इतिहास निर्माण गर्छौं ।’

मन्त्री लिम्बुले संघहरुले मापदण्ड पूरा नगर्दा खेलाडीहरूलाई अन्याय भएको टिप्पणी गरे । जथाभावी चल्ने राष्ट्रिय संघको पक्षमा आफू नरहेको भन्दै संघहरूले आफूलाई आमूल परिवर्तन नगरेसम्म कसैले संघलाई मान्न नसक्ने भनाइ राखे ।

उनले अहिले नकारात्मक कुरा मात्र बढि गरेर समय खेर फाल्ने जमाना सुरु भएको गुनासो गरे ।

Published Date: 11 February 2024


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु