अनिलको कीर्तिमानी अर्धशतक

अनिलको कीर्तिमानी अर्धशतक : Icon Khabar

काठमाडौं, माघ २७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर अनिल कुमार शाहले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार क्यानडाविरुद्ध जारी दोस्रो ओडीआईमा अनिलले १९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले आसिफ शेखले पिएनजीविरुद्ध गत वर्ष २१ बलमा अर्धशतक बनाएको कीर्तिमान तोडेका हुन् ।

अनिल अर्धशतक पूरा गरेको अर्को बलमा आउट भए । उनी इश्वरजोत सोहिको एलबीडब्लु धरापमा परे । २० बलमा ७ चौका र ३ छक्कासहित अनिलले ५० रन जोडेका थिए ।

Published Date: 10 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक