क्यानाडालाई नेपालको २२५ रनको मध्यम लक्ष्य

क्यानाडालाई नेपालको २२५ रनको मध्यम लक्ष्य : Icon Khabar

काठमाडौँ , माघ २५ । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा  अल आउट हुँदै २२४ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । कुशलले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा अर्धशतक पुरा गरेका हुन् । उनले ८ चौका र १ छक्का सहित १४औं ओभरको चौथो बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए ।

आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए ।

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, ललित राजवंशी, सोमपाल कामी

Published Date: 08 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक