गौशाला–२६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ

गौशाला–२६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ : Icon Khabar

काठमाडौँ, माघ ३ । गौशाला–२६ को भन्दै तस्वीर सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीय केशरमान राई रहेको नेपाल प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

संखुवासभा प्रहरीको सहयोगमा साइबर ब्यूरोले मंगलबार बेलुका राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई काठमाडौं लगिएको छ । राईविरुद्ध विद्युतीय ऐन अनुसारको कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ ।

गौशाला–२६ ले आफ्नो तस्वीर सार्वजनिक गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा राईले गौशाला–२६ को तस्वीर सार्वजनिक गरेको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि बलात्कार गरेको भन्दै गौशाला –२६ ले उजुरी दिएकी थिइन् । सोही मुद्दामा बलात्कार ठहर गर्दै लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष जेल सजायको फैसला सुनाएको छ । तस्वीर सार्वजनिक गर्ने अरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Published Date: 17 January 2024


ताजा
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बिहीबारको राशिफल
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली