गौशाला–२६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ

गौशाला–२६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ : Icon Khabar

काठमाडौँ, माघ ३ । गौशाला–२६ को भन्दै तस्वीर सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीय केशरमान राई रहेको नेपाल प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

संखुवासभा प्रहरीको सहयोगमा साइबर ब्यूरोले मंगलबार बेलुका राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई काठमाडौं लगिएको छ । राईविरुद्ध विद्युतीय ऐन अनुसारको कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ ।

गौशाला–२६ ले आफ्नो तस्वीर सार्वजनिक गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा राईले गौशाला–२६ को तस्वीर सार्वजनिक गरेको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि बलात्कार गरेको भन्दै गौशाला –२६ ले उजुरी दिएकी थिइन् । सोही मुद्दामा बलात्कार ठहर गर्दै लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष जेल सजायको फैसला सुनाएको छ । तस्वीर सार्वजनिक गर्ने अरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 January 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)