राष्ट्रिय सभाका उम्मेदवारलाई आज चुनाव चिह्न

राष्ट्रिय सभाका उम्मेदवारलाई आज चुनाव चिह्न : Icon Khabar

काठमाडौँ, पुस २८ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले आज  निर्वाचन चिह्न प्रदान गर्दैछ ।

आज बिहान १० देखि दिउँसो १ बजेसम्म सबै दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोगका अनुसार ५२ जनाको उम्मेदवारी परे पनि एक जनाको उम्मेदवारी शुक्रबार फिर्ता भएको छ ।

लुम्बिनी प्रदेशबाट मनोनयन दर्ता गराएका राप्रपाका निरञ्जनबहादुर थापाले उम्मेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय सभा निर्वाचनमा आठ राजनीतिक दलबाट उम्मेदवारी परेको छ । यसमध्ये सातै प्रदेशमा महिलातर्फ १८, दलिततर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 January 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन