नाइजेरियामा किसान र गोठालाबीच झडप, ११३ जनाको मृत्यु

नाइजेरियामा किसान र गोठालाबीच झडप, ११३ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, पुस १० । अफ्रिकी देश नाइजेरियामा हिंसात्मक आक्रमण हुँदा ११३ जनाको मृत्यु भएको छ । देशको मध्यभाग पठारमा शनिबारदेखि सुरु भएको हिंसात्मक आक्रमणमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मध्य नाइजेरियामा गोठालाहरू र किसानहरूबीच बारम्बार झडपहरू भइरहेका छन् । मेयता पहिलो पटक यस्तो चरम हिंसा देखिएको छ । त्यस बेला किसान–गोठालाहरूको आक्रमणमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । पठार राज्यका एक वरिष्ठ अधिकारीले सोमबार जानकारी दिँदै शनिबार र आइतबार भएका आक्रमणमा ११३ जनाको मृत्यु भएको बताए । योजनाबद्ध ढंगले आक्रमण गरिएको उनले बताए । कम्तीमा २० विभिन्न समुदायलाई लुटेराहरूले आक्रमण गरेका थिए ।

समुदायबाट ११३ शव निकालिएको छ भने ३ सय भन्दा बढी घाइते भएपछि अस्पतालमा भर्ना गरिएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसले लिएको छैन । पठार राज्यमा धेरै जातीय र धार्मिक समुदायका मानिसहरू बस्छन् । नाइजेरियाको मध्य क्षेत्र भनेर चिनिने, साम्प्रदायिक द्वन्द्वले हालैका वर्षहरूमा सयौँको ज्यान लिइसकेको छ । यसलाई प्रायः मुस्लिम गोठालाहरू र इसाई किसानहरू बीचको जातीय–धार्मिक द्वन्द्वको रूपमा वर्णन गरिएको छ । एजेन्सी

Published Date: 26 December 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक