नाइजेरियामा किसान र गोठालाबीच झडप, ११३ जनाको मृत्यु

नाइजेरियामा किसान र गोठालाबीच झडप, ११३ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, पुस १० । अफ्रिकी देश नाइजेरियामा हिंसात्मक आक्रमण हुँदा ११३ जनाको मृत्यु भएको छ । देशको मध्यभाग पठारमा शनिबारदेखि सुरु भएको हिंसात्मक आक्रमणमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मध्य नाइजेरियामा गोठालाहरू र किसानहरूबीच बारम्बार झडपहरू भइरहेका छन् । मेयता पहिलो पटक यस्तो चरम हिंसा देखिएको छ । त्यस बेला किसान–गोठालाहरूको आक्रमणमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । पठार राज्यका एक वरिष्ठ अधिकारीले सोमबार जानकारी दिँदै शनिबार र आइतबार भएका आक्रमणमा ११३ जनाको मृत्यु भएको बताए । योजनाबद्ध ढंगले आक्रमण गरिएको उनले बताए । कम्तीमा २० विभिन्न समुदायलाई लुटेराहरूले आक्रमण गरेका थिए ।

समुदायबाट ११३ शव निकालिएको छ भने ३ सय भन्दा बढी घाइते भएपछि अस्पतालमा भर्ना गरिएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसले लिएको छैन । पठार राज्यमा धेरै जातीय र धार्मिक समुदायका मानिसहरू बस्छन् । नाइजेरियाको मध्य क्षेत्र भनेर चिनिने, साम्प्रदायिक द्वन्द्वले हालैका वर्षहरूमा सयौँको ज्यान लिइसकेको छ । यसलाई प्रायः मुस्लिम गोठालाहरू र इसाई किसानहरू बीचको जातीय–धार्मिक द्वन्द्वको रूपमा वर्णन गरिएको छ । एजेन्सी

Published Date: 26 December 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न