शनिबार कवि अभय श्रेष्ठको कविता संग्रह “लहना र तीर” विमोचन

शनिबार कवि अभय श्रेष्ठको कविता संग्रह “लहना र तीर” विमोचन : Icon Khabar

काठमाडौँ, मंसिर २३ । कवि तथा लेखक अभय श्रेष्ठको कविता संग्रह “लहना र तीर” विमोचन भयो। कवि अभय श्रेष्ठ, सांसद सन्तोष परियार तथा समालोचक ज्ञानु अधिकारीद्वारा आज एक कार्यक्रमबीच उक्त कविता संग्रह संयुक्त रूपमा विमोचन भएको हो।

बुक हिल पब्लिकेशनका संस्थापक अध्यक्ष भुपेन्द्र खड्काले सबैभन्दा बढि पढिने वा प्रकाशित हुने कविताका किताब भएपनि सबैभन्दा कम बिक्ने विधामा कविता संग्रह पर्ने बताए।

विमोचन पछि भएको दोश्रो सत्रमा कविता संवादअन्तर्गत अतिथि सन्तोष परियार, ज्ञानु अधिकारि, सुरेश किरणले “लहना र तीर” सँगै नेपाली कविताबारे चर्चा गरेका थिए। कार्यक्रममा लेखक ई रामविन्दु श्रेष्ठले कवि श्रेष्ठलाई मायाको चिनो प्रदान गरेका थिए।

Published Date: 09 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग