शनिबार कवि अभय श्रेष्ठको कविता संग्रह “लहना र तीर” विमोचन

शनिबार कवि अभय श्रेष्ठको कविता संग्रह “लहना र तीर” विमोचन : Icon Khabar

काठमाडौँ, मंसिर २३ । कवि तथा लेखक अभय श्रेष्ठको कविता संग्रह “लहना र तीर” विमोचन भयो। कवि अभय श्रेष्ठ, सांसद सन्तोष परियार तथा समालोचक ज्ञानु अधिकारीद्वारा आज एक कार्यक्रमबीच उक्त कविता संग्रह संयुक्त रूपमा विमोचन भएको हो।

बुक हिल पब्लिकेशनका संस्थापक अध्यक्ष भुपेन्द्र खड्काले सबैभन्दा बढि पढिने वा प्रकाशित हुने कविताका किताब भएपनि सबैभन्दा कम बिक्ने विधामा कविता संग्रह पर्ने बताए।

विमोचन पछि भएको दोश्रो सत्रमा कविता संवादअन्तर्गत अतिथि सन्तोष परियार, ज्ञानु अधिकारि, सुरेश किरणले “लहना र तीर” सँगै नेपाली कविताबारे चर्चा गरेका थिए। कार्यक्रममा लेखक ई रामविन्दु श्रेष्ठले कवि श्रेष्ठलाई मायाको चिनो प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 December 2023
पान सिंह तोमर
+ posts