इन्दु बर्मा महिला क्रिकेटको नयाँ कप्तान

इन्दु बर्मा महिला क्रिकेटको नयाँ कप्तान : Icon Khabar

काठमाडौँ, कात्तिक २३ । नेपाल क्रिकेट संघ क्यानले इन्दु बर्मालाई राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ कप्तानको जिम्मेवारी दिएको छ ।

क्यानले बिहीबार हङकङ सिरिजका लागि राष्ट्रिय टिमको घोषणा गर्दै बर्मालाई नयाँ कप्तानको रुपमा जिम्मेवारी दिएको हो ।

महिला टिमको उप कप्तानको रुपमा जिम्मेवारी सम्हाल्दै आएकी बर्मा महिला क्रिकेट टिमको नयाँ कप्तान बनेकी छिन् ।
यस्तै, क्यानले रिक्त रहेको महिला टिमको उप कप्तानमा बिन्दु रावललाई नियुक्त गरेको छ ।

हङकङमा हुने सिरिजका लागि वर्माको कप्तानीमा राष्ट्रिय क्रिकेटको घोषणा गरिएको छ ।

उप कप्तान रावल रहेको टोलीमा रुबिना क्षेत्री, सिता राना मगर, अश्मिना कर्मचार्य, काजल श्रेष्ठ, कन्चन श्रेष्ठ, सोमु विष्ट, पुजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिनलाई रहेका छन् ।

नोभेम्बर १५ देखि १९ सम्म हङकङमा हुने सिरिजमा नेपालको महिला टिमले प्रतिस्पर्धा गर्नेछ ।

Published Date: 09 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास