इन्दु बर्मा महिला क्रिकेटको नयाँ कप्तान

इन्दु बर्मा महिला क्रिकेटको नयाँ कप्तान : Icon Khabar

काठमाडौँ, कात्तिक २३ । नेपाल क्रिकेट संघ क्यानले इन्दु बर्मालाई राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ कप्तानको जिम्मेवारी दिएको छ ।

क्यानले बिहीबार हङकङ सिरिजका लागि राष्ट्रिय टिमको घोषणा गर्दै बर्मालाई नयाँ कप्तानको रुपमा जिम्मेवारी दिएको हो ।

महिला टिमको उप कप्तानको रुपमा जिम्मेवारी सम्हाल्दै आएकी बर्मा महिला क्रिकेट टिमको नयाँ कप्तान बनेकी छिन् ।
यस्तै, क्यानले रिक्त रहेको महिला टिमको उप कप्तानमा बिन्दु रावललाई नियुक्त गरेको छ ।

हङकङमा हुने सिरिजका लागि वर्माको कप्तानीमा राष्ट्रिय क्रिकेटको घोषणा गरिएको छ ।

उप कप्तान रावल रहेको टोलीमा रुबिना क्षेत्री, सिता राना मगर, अश्मिना कर्मचार्य, काजल श्रेष्ठ, कन्चन श्रेष्ठ, सोमु विष्ट, पुजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिनलाई रहेका छन् ।

नोभेम्बर १५ देखि १९ सम्म हङकङमा हुने सिरिजमा नेपालको महिला टिमले प्रतिस्पर्धा गर्नेछ ।

Published Date: 09 November 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक