उपत्यकाको उत्तरी भेग मणिचुड पर्वतको दुई पहराको बीचमा रहेको बज्रयोगिनी मन्दिर (फोटो फिचर)

उपत्यकाको उत्तरी भेग मणिचुड पर्वतको दुई पहराको बीचमा रहेको बज्रयोगिनी मन्दिर (फोटो फिचर) : Icon Khabar

काठमाडौँ, कार्तिक १८ । काठमाडौँको केन्द्रबाट करिब २० किलो मिटर टाढा उत्तर पूर्व शंखरापुर नगरपालिकामा यस बज्रयोगिनी मन्दिर रहेको छ। यस मन्दिरमा हजारौं भक्तजनहरु दर्शन गर्न आउँछन् । यस मन्दिर परिसरमा अनेकौ देवी देवता रहेको छ । यो मन्दिर धार्मिक तथा पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

काठमाडौँ जिल्लाको उत्तरी भेगमा पर्ने मणिचुड पर्वतको दुई पहराको बीचमा देवी स्थापना गरी निर्माण गरिदिएको मन्दिर भगवान बुद्धको तपस्याबाट प्रसन्न भई प्रस्तरह रूपमा प्रकट भएकी पार्वती नै बज्रयोगिनी हुन भन्ने आख्यान पाइन्छ।

यहाँ बौद्ध र हिन्दु परम्परानुसार देवीको पूजा गरिन्छ। उपत्यका र वरिपरि जिल्ला का भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन्। मन्दिरमा बज्रयोगिनी, उग्रतारा, सिंहबाहिनीका मूर्तिहरू देख्न सकिन्छ।

यो मन्दिर भित्र रहेका देवी देवता हरुको जात्रा प्रत्येक बर्ष हुन्छ। यस मन्दिर परिसरमा बज्रयोगिनी, उग्रतारा, सिंहबाहिनीका मूर्तिहरू देख्न सकिन्छ । हिन्दु तथा बौद्ध दुबै धर्मालम्बीहरु यहाँ हरेक दिन दर्शन गर्न जाने गर्दछन् ।

यहाँ गएर भगवतीको दर्शन गर्नाले मनोकामना पूर्ण हुने, दुःख पीडा नष्ट हुने, वर्षौदेखिका अधुरा काम बन्ने, सन्तानहरुलाई सुख प्राप्ती हुने जनविश्वास रहि आएको छ ।

बज्रयोगिनी माता रातो अनुहार र तीन आँखा भएकी देवी छिन् । देवीले दायाँ र बायाँ हातको बुढी र माझी औंलामा बज्रयान यन्त्रमा अनुष्ठान मुद्रामा खड्ग र निरुपद् धारण गरेकी छिन् ।

बज्रयोगिनी मुर्तिको दाँया सिंहीनी र बाँया बगिनी देवीको मूर्तिहरु आसिन छ । त्यसपछि दायाँ हेरुप र वाँया अचल मूर्तिहरु तान्त्रिक मूर्तिहरु पनि रहेका छन्।

बज्रयोगिनी मूर्ति उत्पत्तिको विषयमा धार्मिक ग्रन्थमा लेखिएअनुसार पृथ्वीमा भर्खर भर्खर हिम युग शुरु भएको थियो । हाल मन्दिर रहेको यो स्थानमा ढुंगाको कापबाट पाँच रंगकोआगोको ज्वाला उत्पन्न भयो । त्यहि आगोको ज्वालाबाट कालान्तरमा ज्वालामुखी देवी उत्पत्ति भइन् । यीनै देवी बज्रयोगिनीको रुपमा प्रसिद्ध भइन् ।

प्यागोडा शैलीमा निर्माण गरिएको बज्रयोगिनीको यो मन्दिर लगभग ५ सय वर्ष पुरानो भएको मन्दिर परिसरमा राखिएका राजा प्रताप मल्ल शिलापत्रमा उल्लेख गरिएको छ ।

सुनको जलपयुक्त छानाहरु सहित मन्दिरमा चढाइएको यो सुनको तोरनले मन्दिरको सुन्दरता अझ बढाएको छ । सुनौलो देवीको विशाल मूर्ति र सुनौलो द्वारले आम भक्तहरुलाई त्यहाँसम्म तान्ने गरेको छ ।

वंशालीमा उल्लेख भएअनुसार कलिगत सम्बत १८०१ तिर बज्रयोगिनीको आज्ञा अनुसार जोगदेव बज्राचार्यको तत्वाधानमा दाहिने शंख आकारको साखु नगर स्थापित भएको हो ।

त्यसै बेलादेखि पूजा स्थिर गर्न चैत पूर्णिमादेखि आठ दिनसम्म साखु नगरमा जात्रा चलाइदै आइरहेको छ । यहाँ भएको बौद्ध चैते काठमाडौको बौद्ध स्तुपाभन्दा पनि पुरानो मानिएको छ ।

पहिले यस चैतेलाई धर्म धातुको रुपमा लिइन्थ्यो भने कलियुगमा जोगेश्वरको रुपमा पुज्ने गरिन्छ । ब्रजयोगिनी माताको र्धमशालामा बालिएको आगोलाई सत्य युगको आगोका रुपमा लिइन्छ ।

यो अखण्ड आगोबाट बनेको विभुद लगाएमा केटाकेटीलाई कसैको आँखा नलाग्ने तथा भूतप्रेतले लागूभागू लाग्न नसक्ने जनविश्वास रहि आएको छ । यो मन्दिर परिसरमा भएका देवी देवता तथा बौद्ध स्तुपाले धार्मिक एकताको प्रतीकका रुपमा रहि आएको छ।

यस मन्दिर परिसरमा ९ वटा ढुंगेयुग कालीन गुफाहरु रहेका छन् । ती मध्ये एउटा गुफालाई पाप धर्मको गुफा पनि भनिन्छ । यहि गुफामा बसेर १२ वर्षमा बज्रयोगिनीको पूजारीहरुले ९ दिनसम्म न्यास तथा ध्यान गर्ने चलन छ ।

यस गुफामा छिर्न सक्ने धर्मात्म र छिर्न नसक्ने पापी भनेर पहिचान गर्ने किम्बदन्ती छ । यहाँ नौ वटा धारा पनि रहेका छन् । बज्रयोगिनी पुग्नुभन्दा पहिला महांकाल देव स्थल आउँछ र यहि देवस्थलमा बज्रयोगिनीलाई पशुबली चढाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 November 2023
Website | + posts