नाडा अटो शोमा ‘फोर्स अरबानीया’ लन्च हुँदै

नाडा अटो शोमा ‘फोर्स अरबानीया’ लन्च हुँदै : Icon Khabar

काठमाडौं, भदौ २२ । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो शोमा फोर्स कम्पनीको अरबानीया माइक्रो बस लन्च गर्ने भएको छ । भारतमा अत्यधिक माग रहेको साथै नेपालमा सर्वाधिक चासो र पर्खाईमा रहेको बहुप्रतिच्छित फोर्स कम्पनीको अरबानीया माइक्रो बसको अनावरण तथा बुकिङ्ग खुल्ला गरी बिक्री वितरण शुभारम्भ गरिने भएको हो ।

यस बस नेपालमा आयातित माइक्रो बसहरु भन्दा मध्यमा सबैभन्दा प्रिमियम सुबिधायुक्त रहेको छ भने आरामदायी र सुबिधा सम्पन्न रहेको कम्पनीले जनाएको छ । विषेशत पर्यटन तथा होटल ब्यवसायी, टुर्स एण्ड ट्राभल्स, ठूला कम्पनीहरु, कूटनीतिक निकाय, सरकारी तथा गैर सरकारी संस्थाहरुका लागि यो माइक्रोबस उपयुक्त हुने कम्पनीको दाबी छ । यो माइक्रो बस विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।

कम्पनीका अनुसार अरबानीया सुरक्षाका दृष्टीकोणले सम्पूर्ण रेटिङ्गहरुमा अब्बल मानियको छ । ड्युल एअर ब्याग युक्त यस गाडीमा एरोडाइनामिक क््रयास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्किन बडी कन्सट्रक्सन, स्टाइलिस डी आर एल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रिपल एसी सिस्टम, अलराउण्ड भिजिबिलिटी स्क्रिन, टेलिस्कोपीक स्टेरिङ्ग, हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दुबैका लागि चार्जिङ्ग पोर्टको ब्यवस्था भएको, सेन्ट्रलडोर लकिङ्ग विथ रिमोट किलेस इन्ट्री जस्ता अन्य आधुनिक शुरक्षा प्रणाली समेत जडान भएको कम्पनीले जनाएको छ ।

आकर्षक र सुबिधा सम्पन्न यो माइक्रो बसमा १४ र १८ सिट क्षमतामा उपलब्ध छ । यसमा अति आरामदायी रिक्लाइनिङ्ग सिटहरु पनि रहेको छ । सहज ईन्ट्री र एक्जिट, पर्याप्त बुट स्पेस, पर्याप्त हाइट साथै बस्न सहजताका लागि फ्रन्ट बम्पर डिजाइन, कुनै दुर्घटना भईहालेमा पनि हेड इन्जुरी कम होस भनेर त्यही अनुसारको ड्यासबोर्ड डिजाइन यस बसमा गरीएको छ ।

यस बसको सुरुवाती मूल्य ४२ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो मूल्य केही समयको लागि मात्र लागू हुने समेत कम्पनीले जानकारी गराएको छ । साथै नाडा अटो शोमा बुकिङ्ग गर्नेहरुको लागि आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 September 2023
Website | + posts