निगमद्वारा साउदीको पश्चिमी सहर दमाममा उडान सुरु

निगमद्वारा साउदीको पश्चिमी सहर दमाममा उडान सुरु : Icon Khabar

काठमाडौँ, भदौ २२ । नेपाल वायुसेवा निगमले साउदी अरबको पश्चिमी सहर दमाममा उडान सुरु गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै साउदीको पश्चिमी सहर दमाममा बुधबारदेखि उडान सुरु गरिएको जनाएको छ । निगमले साउदी अरबको राजधानी रियाद उडान भने बन्द गरेको छ । २०७९ बैशाख ९ गतेदेखि निगमले साउदीको राजधानी रियादमा श्रमबजारलाई लक्षित गर्दै काठमाडौं–रियाद सिधा उडान थालेको थियो ।

निगमका प्रवक्ता पौडेलका अनुसार सातामा दुई वटा उडान हुँदै आएको रियादमा आम्दानी गर्न नसकेपछि बन्द गरिएको हो । प्रवक्ता पौडेलले अहिले सातामा दुई दिन बुधबार र शनिबार काठमाडौंबाट सिधा उडान गर्ने यात्रुको माग बढ्दै गएपछि उडान संख्या थप्ने बताए । निगमले बुधबार राति दमामका लागि पठाएको पहिलो उडानबाट १ सय २६ यात्रु गएका थिए । १ सय ५८ सिट क्षमताको एयरबस ए–३२० ले दमामबाट नेपाल १ सय १७ जना यात्रु ल्याएर फर्केको थियो ।

सातामा दुई दिनमात्रै उडान हुने भएकाले निगमले अहिले चालक तथा क्याबिन क्रूसहित १० जना हाराहारीको बेग्लै सेट काठमाडौंबाट त्यही उडानमा पठाउने गरेको छ ।

Published Date: 08 September 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड