निगमद्वारा साउदीको पश्चिमी सहर दमाममा उडान सुरु

निगमद्वारा साउदीको पश्चिमी सहर दमाममा उडान सुरु : Icon Khabar

काठमाडौँ, भदौ २२ । नेपाल वायुसेवा निगमले साउदी अरबको पश्चिमी सहर दमाममा उडान सुरु गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै साउदीको पश्चिमी सहर दमाममा बुधबारदेखि उडान सुरु गरिएको जनाएको छ । निगमले साउदी अरबको राजधानी रियाद उडान भने बन्द गरेको छ । २०७९ बैशाख ९ गतेदेखि निगमले साउदीको राजधानी रियादमा श्रमबजारलाई लक्षित गर्दै काठमाडौं–रियाद सिधा उडान थालेको थियो ।

निगमका प्रवक्ता पौडेलका अनुसार सातामा दुई वटा उडान हुँदै आएको रियादमा आम्दानी गर्न नसकेपछि बन्द गरिएको हो । प्रवक्ता पौडेलले अहिले सातामा दुई दिन बुधबार र शनिबार काठमाडौंबाट सिधा उडान गर्ने यात्रुको माग बढ्दै गएपछि उडान संख्या थप्ने बताए । निगमले बुधबार राति दमामका लागि पठाएको पहिलो उडानबाट १ सय २६ यात्रु गएका थिए । १ सय ५८ सिट क्षमताको एयरबस ए–३२० ले दमामबाट नेपाल १ सय १७ जना यात्रु ल्याएर फर्केको थियो ।

सातामा दुई दिनमात्रै उडान हुने भएकाले निगमले अहिले चालक तथा क्याबिन क्रूसहित १० जना हाराहारीको बेग्लै सेट काठमाडौंबाट त्यही उडानमा पठाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 September 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू