इमर्जिङ कपका लागि आरिफको स्थानमा पवन सर्राफ टोलीमा समावेश

इमर्जिङ कपका लागि आरिफको स्थानमा पवन सर्राफ टोलीमा समावेश : Icon Khabar

काठमाडौं, असार २५ । नेपालका तल्लोक्रमका भरपर्दा ब्याटर आरिफ शेखले यसै साताबाट श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । नेपाली क्रिकेट टोलीका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीले आरिफले पारिवारिक कारण नखेल्ने भएको जानकारी दिएका छन् ।

आरिफ नखेल्ने भएपछि नेपालले उनको स्थानमा पवन सरार्फलाई मौका दिएको छ । आरिफ नेपालका भरपर्दा ब्याटर हुन् । उनले ४७ ओडिआई खेलमा ६ अर्धशतकसहित ८ सय ७८ रन बनाएका छन् । आरिफले मध्य गतिमा बलिङ समेत गर्ने थिए ।

पवन १० महिनापछि नेपाली टोलीमा फर्किएका हुन् । गतवर्ष भदौंमा केन्या भ्रमणमा कमजोर प्रदर्शनपछि पवन टोलीबाट बाहिरिएका थिए । पवन तल्लोक्रमका ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् । श्रीलंका जाने नेपाली क्रिकेट टोलीको क्यानले एक कार्यक्रमकाबीच बिहान बिदाई गर्दैछ ।

प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपाल, युएई, पाकिस्तान र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । पाँच टेस्ट टोलीको भने यू२३ को टोली आउने छन् । ओमान र युएईले पनि आफ्नो ए टोली पठाउने छन् ।

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान) कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 July 2023
Website | + posts