जिम्बावेलाई हराउँदै श्रीलंका विश्वकपमा

जिम्बावेलाई हराउँदै श्रीलंका विश्वकपमा : Icon Khabar

काठमाडौँ, असार १७ । श्रीलंकाले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा घरेलु टोली जिम्बावेलाई ९ विकेटले हराउँदै एक खेल अगावै विश्वकपमा पुगेको छ । सुपर सिक्समा आठ अंक भएपछि श्रीलंकाले यसै वर्ष अन्तिममा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने पक्का भएको हो ।

जितको लागि १ सय ६६ रनको मध्यम विजयी लक्ष्य श्रीलंकाले ३३.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका जितमा पाथुम निसांकाले १ सय २ बलमा १४ चौकासहित १ सय १ रनको सानदार शतकीय इनिङ खेले । टिमलाई जितको लागि दुई रन चाहिँदा जिम्बावेका स्पिनर वेलिंग्टन मसाकाड्जाले पहिलो बल वाइड फ्याँलेका थिए ।

तर दोस्रो बलमा चौका हान्दै निसांकाले आफ्नो शतक पूरा गर्नुको साथै खेल सकाएका थिए । उक्त वाइड फँ्याल्दा उनलाई शतक बनाउन तीन रन चाहिँएको थियो । दिमुथ करुणारत्ने ५६ बलमा २ चौकासहित ३० रनमा आउट भए । पहिलो विकेटका लागि दिमुथर पाथुम निसांकाले १ सय ३ रनको शतकीय साझेदारी गर्दै सहज जित पक्का गराएका थिए ।

त्यसअघि क्विन्स स्पोर्ट्स क्लबम टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे ३२.२ ओभरमा १ सय ६५ रनमा अल आउट भएको थियो । जिम्बावेका अनुभवी ब्याटर सन विलियम्सले ५७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५६ रन बनाए । तर त्यो रन जितको लागि पर्याप्त हुन सकेन ।

सिकन्दर राजा ५१ बलमा ३ चौका र १ छक्कासहित ३१, रायन बर्ल १६ र क्रेग इर्विन १४ रनमा आउट भए । जिम्बावेका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंकाको उत्कृष्ट बलिङसामु प्रमुख ब्याटर चल्न नसकेपछि सस्तैमा अल आउट भएको हो ।

बायाँ हाते तीव्र गतिका बलर दिलशान मदुशानकाले श्रीलंकालाई ड्रिम सुरुवात दिलाएका थिए । दीलशानले ओपनर जयलोर्ड गुम्बेले शून्यमा क्याच गराउँदै पेभेलिएनको बाटो देखाएका थिए ।

उनले नै कप्तान इर्विनलाई कुशल मेन्डिसबाट पेभेलिएन फर्काएका थिए । दिलशानकै बलमा युवा ब्याटर वेस्ली वेल्सी मधेभेरे दाशुन शानकाबाट १ रनमा क्याच आउट भएपछि ३०-३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि सिकन्दर राजा र सन विलियम्सले ६८ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । तर राजा शानकाको बलमा मदुशानकाबाट क्याच भएपछि लगातार विकेट गुमाएको थियो ।

श्रीलंकाकाको जितमा स्पिनर महेश थिक्सेनाले ८.२ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिलशान मदुशानकाले ५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । पथिसा पाथिरानाले दुई र दाशुन शानकाले समान एक विकेट लिए ।

श्रीलंका सुपर सिक्समा ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहँदै आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो । श्रीलंकाले आफ्नो अन्तिम खेल शुक्रबार वेस्टइन्डिजसँग खेल्नेछ । उक्त खेलमा पराजित भएपनि अन्तिम दुईमा रहेर श्रीलंका विश्वकप खेल्ने पक्का भएको हो ।

जिम्बावे ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । जिम्बावेले अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेलमा जिम्बावे विजयी भएमा विश्वकपमा पुग्नेछ ।

स्कटल्यान्ड स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । स्कटल्यान्डले अव मंगलबार जिम्बावे र विहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

यी दुबै खेलमा विजयी भएमा स्कटल्यान्ड विश्वकपमा पुग्नेछ । वेस्टइन्डिज र ओमान जित विहीन हुँदै विश्वकप दौडबाट बाहिरिएका छन् । नेदरल्यान्ड्स भने ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ चौथो स्थानमा छ । नेदरल्यान्ड्सको विश्वकप सम्भावना अंक गणीतिय मात्रै बाँकी छ ।

Published Date: 02 July 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा