विश्वकप ट्रफी नेपाल नआउने

विश्वकप ट्रफी नेपाल नआउने : Icon Khabar

काठमाडौं, असार १२। आइसिसी विश्वकप २०२३ को ट्रफी नेपाल नआउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिष्द(आइसिसी) ले विश्वकप २०२३ को ट्रफी भ्रमणको तालिका सार्वजनिक गरेको छ ।

२७ जुन देखी १४ जुलाई सम्म भारतमा भ्रमण हुनेछ । यस पटक विश्वकप ट्रफी विश्वका १८ देशमा भ्रमण गराइनेछ । कुवेत, बहराइन, मलेसिया, अमेरिका, नाइजेरिया, युगान्डा, फ्रान्स, इटाली, न्युजिल्यान्ड, अष्ट्रेलिया, पपुवा न्युगिनी, भारत, वेस्टइन्डिज, पाकिस्तान, श्रीलंका, बंगलोदश र दक्षिण अफ्रिका गरि १८ देशमा भ्रमण गराइनेछ । विभिन्न देश भ्रमण गरेर ४ सेप्टेम्बरमा भारतमा आएर समाप्त हुनेछ ।

तर नेपाल आउने भने तालिका छैन । यसअघि २०१९ को विश्वकपमा नेपालमा विश्वकप ट्रफी भ्रमणमा ल्याएको थियो । काठमाडौं र पोखरामा लगेर राखिएको थियो । त्यस्तै २०२२ को टि२० विश्वकपको ट्रफी नेपालमा ल्याउँदै विभिन्न स्थानमा प्रदर्शनमा राखिएको थियो ।

विश्वकप ट्रफी विश्वभर समर्थक सामु प्रदर्शनमा राखिने गरिन्छ । २०२३ को विश्वकप ५ अक्टोबर देखी १९ नोभेम्बर सम्म भारतमा हुनेछ । १० टोली सहभागी प्रतियोगिता लिगको आधारतमा हुनेछ ।

विश्वकप खेल्ने ८ टोली (भारत, पाकिस्तान, बंगलोदश, अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका) पक्का भएको छ । अव दुई टोली छनोटबाट आउने छन् ।

जिम्बावेमा जारी विश्वकप छनोटको सुपर सिक्समा नेदरल्यान्ड्स वेस्टइन्डिज, जिम्बावे, श्रीलंका, स्कटल्यान्ड र ओमान मध्य शीर्ष दुई टोली विश्वकपमा आउनेछन् ।

Published Date: 27 June 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न